काम खोज्दै दैनिक सयौँं नेपाली भारत जाँदै, भारतीयहरु नेपाल आएर मस्तै कमाउँदै – Dastabej

काम खोज्दै दैनिक सयौँं नेपाली भारत जाँदै, भारतीयहरु नेपाल आएर मस्तै कमाउँदै


  • दस्तावेज


  • नेपालगन्ज । काम खोज्दै सयौँ नेपालीहरु नेपालगन्ज नाका भएर भारत पस्ने गरेका छन् । भारत जाने नेपाली युवाहरुले नेपालमा काम नपाएको भन्दै बेरोजगार बस्नुभन्दा मुगलान जानुपर्ने बाध्यता रहेको सुनाउँछन् । तर भारतका युवाहरु भने राम्रो कमाई हुनेभन्दै नेपाल आउने गरेका छन् । ति मध्ये एक हुन, भारत बहराईचका कमल कुमार । उनी नेपालगन्जका धम्बोझी चोकको खजुरा रोड छेउमा जुत्ताचप्पल सिलाउने काम गर्छन । दैनिक एक हजार नेपाली मजाले कमाउँछन् । उनीहरु दाजुभाई नै त्यही काममा रमाएका छन् । ‘नेपालीहरु यस्तो साना काम गर्न लजाउँछन् । तर, भारतमा गएर मजदुरी गर्न लजाउँदैनन् । निकै जोखिमपूर्ण काम गर्छन,’ कमल कुमारले भने, ‘त्यसैले चप्पल जुूत्ता सिलाउने काम नेपालमा धेरै काम पाईन्छ ।’चप्पल जुत्ता सिलाउने काममा धेरै परिश्रम खर्च गर्नु पर्दैन । लगानी निकै कम लाग्छ । घर भाडा पनि तिर्नु पर्दैन । सडक छेउमा छाता गाडेर पेशा गर्छन । उनका अनुसार नेपालगन्जमा मात्रै सय भन्दा बढी भारतीय नागरिकहरु जुत्ताचप्पल सिलाउने पेशामा छन् ।


    त्यस्तै भारतबाट ठेला चलाउन आउनेहरुको संख्या पनि उत्तिकै छ । उनीहरु ठेलामा विविभन्न समानहरु लोड गरेर एक ठाउँबाट अर्को स्थान पुर्याउने गर्छन । उनीहरुले दुरी अनुसार पैसा लिन्छन् । ठेलावालाहरुले न्युनतम ५ रुपैयाँ प्रति खेप भाडा लिने गरेका छन् । ‘भारतभन्दा नेपालगन्जमै राम्रो कमाई हुन्छ,’ ठेला चालक गुलाम हसन भन्छन् । त्यस्तै, सयौंँ भारतीय युवाहरु खाली शिशी, बोतल, कागज, फलाम किन्न नेपाल आउने गर्छन । उनीहरुले नेपालमै राम्रो रोजगारी पाएको अनुभव सुनाउँछन् । उनीहरुले नेपाली युवाहरुलाई भारत पस्नु पर्ने बाध्यता नरहेको तर आफ्नो गाउँठाउँमा काम गर्न लजाउने प्रबृति रहेको बताउँछन् ।

  • १३ भाद्र २०७८, आईतवार १२:५१ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ