कन्चनपुर । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका(४ जाँई बस्ने १६ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई ती किशोरले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय झलारी र अस्थाई प्रहरी पोष्ट बन्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।