काठमाडौं । नेकपा एकीकृत (समाजवादी) पार्टीको आईतबार बसेको बैठकले पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन गरेको छ । नयाँ दल दर्ता भएपछि बसेको पहिलो बैठकले उनलाई सर्बसम्मत अध्यक्ष चयन गरिएको हो । त्यस्तै, राष्ट्रियसभा संसदीय दलको नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई चयन गरिएको छ । अन्य पदाधिकारीहरु पछि चयन गरिने जनाइएको छ । त्यस्तै सरकारमा सहभागिका लागि मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिइएको छ । बैठकले विधान मस्यौदाका लागि भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरीलाइै जिम्मा दिएको छ ।