बाघको छाला, खप्पर, हड्डीलगायतका अंगसहित ३ पक्राउ - Dastabej

बाघको छाला, खप्पर, हड्डीलगायतका अंगसहित ३ पक्राउ


  • दस्तावेज

  • फाईल फोटोः दस्ताबेज

    तनहुँ । ब्यास नगरपालिका(५ पतेनीस्थित पक्की पुल नजिक बाख्रेतर्फ जाने कच्ची सडकबाट बाघको अवैध छाला, खप्पर, हड्डी लगायतका अंग सहित ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका(६ सिरुबारी बस्ने ३९ वर्षीय अर्जुन श्रेष्ठ, शुक्लागण्डकी नगरपालिका १ ओखल्दी बस्ने ४० वर्षीय सन्जित गुरुङ र सोही नगरपालिका १ रतनपुर बस्ने ३२ वर्षीय सन्तोष गुरुङ रहेका छन् । उनीहरुमध्ये अर्जुनको साथबाट २ थान बाघको छाला, बा।४९ प ५९२३ नम्बरको स्कुटर, १ थान मोबाइल र नगद १ हजार रुपैयाँ , सन्जितको साथबाट १ सय २२ वटा बाघको हड्डीहरु, ग।१८ प ५४११ नम्बरको मोटरसाइकल, १ थान मोबाइल र नगद २ हजार रुपैयाँ र सन्तोषको साथबाट बा।३५ प ५४५१ नम्बरको मोटरसाइकल, नगद ३ हजार ५ सय ८५ रुपैयाँ, १थान लाइटर र १ थान मोबाइल प्रहरीले बरामद गरेको छ ।

    सोही ठाउँस्थित सडकमा शंकास्पद गतिविधि गरिरहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंज र जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त अंगहरु सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला बन कार्यालय, दमौली तनहुँमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

  • १३ भाद्र २०७८, आईतवार १४:४६ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. ईप्रका मैनापोखरका प्रमुख क्षेत्रीद्धारा २७ वर्षदेखि फरार कैदी पक्राउ
  • ३.  करेन्ट लागेर कोहलपुरमा एक  जनाको मृत्यु
  • ४. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ५. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ६. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ७. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता