आर्सनलमाथि सिटी हाबी – Dastabej

आर्सनलमाथि सिटी हाबी


  • दस्तावेज

  • एएफपी । म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगमा आर्सनललाई ५–० ले पराजित गरेको छ । आर्सनलको सन् १९५४ यताको यो सबैभन्दा खराब सुरुआत हो । सिजनको पहिलो तीन प्रिमियर लिग खेल हारेको आर्सनलले त्यसमा कुनै गोल गरेको छैन । सिटीका रोड्रिगोले चौथो गोल गरेपछि ज्याक ग्रेलिससँग । तस्बिर स् एपी
    यसले आर्सनलका व्यवस्थापक मिकेल अर्टेटामाथि ठूलो दबाब तेर्स्याएको थियो । सिटीका पूर्वसहायक व्यवस्थापक अर्टेटाले सशक्त आक्रामक भएको टोलीविरुद्ध ‘ब्याक थ्री’ खेलाउने निर्णय महँगो परेको थियो । टोटेनहमका कप्तान ह्यारी केन र युभेन्ट्सबाट पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन असफल भए पनि सिटीले उपाधि रक्षाका लागि आफ्नो बलियो दाबेदारिता देखाएको छ । इल्काय गुन्डोगनले सातौं मिनेटमा खोलेको सिटीको खातामा फेरान टोरेजले १२ औं मिनेटमा दोस्रो गोल थपे । जाओ क्यान्सेलोमाथि दुवै खुट्टाले ट्याकल गरेपछि ग्रान्ट साकालाई ३५ औं मिनेटमा सिधा रातो कार्ड दिइएको थियो । आर्सनलमा छैटौं वर्ष खेलिरहेका उनले क्लब फुटबलमा १२ औं पटक रातो कार्ड पाएका हुन् । मध्यान्तरपूर्व सिटीबाट ग्याब्रियल जेससले तेस्रो गोल गरे । दोस्रो हाफमा रोड्रिगो र टोरेजले गोल थपे ।

    प्रिसिजनदेखि सिटी मैदानबाहिर बढी चर्चामा रहिरह्यो । ज्याक ग्रेलिसलाई १० करोड पाउन्डमा एस्टन भिल्लाबाट लिए पनि केनलाई सिटीसँग जोडेर धेरै हेरिएको थियो । तर, सिटीले लिन नसकेका इंग्ल्यान्डका कप्तान केन यो सिजन टोटेनहममै रहने जनाइसकेका छन् । अर्को सनसनी चर्चा रोनाल्डो इतिहाद आउने कारण भएको थियो । तर अघिल्लो दिन रोनाल्डो पनि सिटीको सहरी प्रतिद्वन्द्वी युनाइटेड फर्किसकेका छन् ।केभिन डी ब्रुयन र रहिम स्टर्लिङ घाइते रहेको अवस्थामा रियाद महारेजलाई बेन्चमा राखे पनि पेप ग्वार्डिओलासँग बलियो अग्रपंक्ति रहेको थियो । जबकि अर्टेटाले प्रिसिजनमा नयाँ खेलाडी किन्न १३ करोड पाउन्ड खर्च गरिसकेका छन् । नयाँ अनुबन्धित मार्टिन ओडगार्डलाई उनले पहिलो रोजाइमा उतारेका थिए भने आरोन राम्सडेल, नुनो टाभारेज र अल्बर्ट साम्बी लोकोन्गालाई बेञ्चमा राखेका थिए । ५ करोड पाउन्डमा ल्याइएका बेन ह्वाइट कोभिड–१९ का कारण आर्सनल टोलीबाहिर थिए । अर्टेटाको ‘ब्याक थ्री’ सिड कोलासिनक, रोब होल्डिङ र कालुम चेम्बर्सको रक्षापंक्तिलाई गुन्डोगनले सातौं मिनेटमा हेड गोल गर्दै भत्काइदिएका थिए ।

  • १३ भाद्र २०७८, आईतवार १५:१६ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान