कियाराको फ्यानलाई आग्रह–‘नायिकाहरु पनि मान्छे हुन् भनेर वुझिदिनुहोस्’ – Dastabej

कियाराको फ्यानलाई आग्रह–‘नायिकाहरु पनि मान्छे हुन् भनेर वुझिदिनुहोस्’


  • दस्तावेज

  • काठमाडौं । नायिका कियारा आडवाणी बलिउडमा सफल छिन् । उनले अभिनय गरेको चलचित्र ’शेरशाह’ले ओटीटी प्लेटफर्ममा तारिफ कमाइरहेको छ । एकपछि अर्को चलचित्र हिट भएपछि कियाराले दर्शकमाझ राम्रो छाप पनि छाडेकी छिन् । उनै, कियराले सामाजिक संजालमा नकारात्मक प्रतिक्रिया दिने दर्शकलाई भनेकी छिन्–‘नायिका पनि मानिस हुन् । उनीहरुको पनि भावना हुन्छ । उनीहरु संवेदनशिल हुन्छन् भनेर वुझ्न आवश्यक छ ।’

    कियाराले सामाजिक संजालमा आउने प्रतिक्रियालाई आफूले वास्ता नगर्ने बताइन् । तर, कहिलेकाही यसले आफूलाई प्रभाव पार्ने उनको तर्क छ । उनले भनिन्–‘म सधै नै एक सामान्य दिनको अपेक्षा गर्दछु । यसैले पनि म प्रतिक्रियाहरुमा खासै वास्ता गर्दिनँ । हामी पनि एक मानिस हौं । तर, कहिलेकाही मेरो ममी र ड्याडीले प्रतिक्रियाहरु पढ्नुभयो होला भनेर म सोच्छु । उहाँहरुलाई मेरो बारेमा आएका नराम्रा प्रतिक्रियाहरु मन नपरेपनि उहाँहरुले पढ्नुभयो होला भन्ने मेरो दिमागमा आउँछ ।’ अनलाइनखबर

  • १३ भाद्र २०७८, आईतवार १७:२० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु