सशस्त्र द्धन्द्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको पीडा, “साँस नदिए लाश त देउ” – Dastabej

सशस्त्र द्धन्द्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको पीडा, “साँस नदिए लाश त देउ”

सशस्त्र द्धन्दकालमा सबै भन्दा बढी वेपत्ता र गैर न्यायिक हत्या भएको जिल्ला बर्दिया हो । २ सय २० जना बेपत्ता पारिए । ३ सय २२ को हत्या भयो ।


  • दस्तावेज

  •  

    क्याप्सनः १४ वर्षअघि पक्राउ गरी छोराहरु बेपत्ता पारिएको भन्दै शान्ति समिति नेपालगन्जमा उजुरी दिन आएका पीडित परिवार । फाईल तस्बिर ।

    नेपालगन्ज । बढैयाताल गाउँपालिका ५ का शिवचरण चौधरीलाई सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन सुरक्षाफौजले बेपत्ता पारेको २० वर्ष भयो । उनको अवस्था सार्वजनिक हुनसकेको छैन । चार वर्षअघि सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगमा उनको अवस्था बारे खोजि गर्न उजुरी प¥यो । आयोगले कामनै गर्न नपाई समयावधि सकिएको छ । यही बेला सोमबार वेपत्ता पारिएका परिवारका आफन्तले अन्र्तराष्ट्रिय बेपत्ताबिरुद्धको दिवसमा सहभागि हुँदैछन् । उनीहरुले फेरि पनि वेपत्ता पारिएका व्यक्तिको लाश वा सांस सरकारले दिनुपर्ने माग गरेका छन् । शिवचरणकी पत्नि मंगती चौधरीले श्रीमानको अवस्था बारे जानकारी नपाउँदा पीडा बल्झिदै गएको छ । पतिको खोजिका लागि उनी नपुगेको निकाय बाँकी छैन । आयोग गठनपछि जागेको आश फेरि मरेको छ । ‘लाश नै दिएको भए मन शान्त हुन्थ्यो । तर उहाँको अवस्था बारे जानकारी नपाउँदा क्षणक्षणमा मर्नु परेको छ,’ उनी भन्छिन,‘काम गर्न नसक्ने आयोगप्रति पनि त्यति भरोसा छैन । सरकारले नै बेपता पारेका व्यक्तिहरुको अवस्था बारे जानकारी दिएर न्याय दिए हुन्थ्यो ।’

    बर्दियाको ठाकुरबाबा नगरपालिका सुर्यपटुवा क्षेत्रको डल्लागाउँ र आसपासका गाउ‘बाट बीस व्यक्ति राज्य पक्षबाट वेपत्ता पारिएका छन् । डल्लागाउका स्थानीय वेदप्रसाद, दिलराज, पुष्पराज, टेकनाथ, कल्पना, मणीराम, दुस्पति, निलप्रसाद योगी, खड्ग बहादुर सापकोटा र उनका छोरा दुर्गाबहादुर, रुपलाल थारु, हरी प्रसाद थारु, दुर्गानाथ योगी, भरत थारु, गोमति थारु, बसन्ती थारु, रजनी थारु, बुधनी थारु, लालबहादुर कामी वेपत्ता पारिएका हुन । उनीहरुको अजस्था पनि अज्ञात छ । स्थानीय गोपाल चौधरीका अनुसार द्धन्द्धका क्रममा गाउँ नै खाली हुने त्यहाँका युवाहरुलाई बेपत्ता पारिएको हो । ‘बेपत्ता आयोगमा खोजिका लागि उजुरी दिएकै हो । सुनुवाई भएन,’ उनले भने,‘यस्ता दिवसले बेपत्ता पारिएका व्यक्तिका आफन्तको पीडा बल्झाउने काम मात्रै गरेको छ ।’ सशस्त्र द्वन्द्वका क्रममा मुलुकै सबैभन्दा बढी व्यक्ति हत्या र बेपत्ता पारिने सूचीमा बर्दिया पर्छ । अधिकारबादी संस्थाको अभिलेख अनुसार बर्दियाका २ सय २० जना बेपत्ता पारिएका छन् । ३ सय २२ को हत्या भयो । ३५ जना अंगभंग भए । एउटै परिवारका दाजुभाईको हत्या भएको र बेपत्ता पारिएका घटना थुप्रै छन् । बर्दियाका पीडित परिवारले आयोगले दोषी माथि कारवाही गर्नेमा शंका व्यक्त गरेका छन् । उनीहरुले घटना संलग्न व्यक्तिहरु ठुला ओहदामा रहेका कारण कारवाही हुनेमा शंका गरेका हुन । मुलुकमै बर्दिया द्धन्दकालमा सबै भन्दा बढी वेपत्ता र गैर न्यायिक हत्या भएको जिल्ला हो । बढैयाताल गाउँपाकिला ५ जगतियाकी बुद्धिमाया सापकोटालाई तत्कालिन सुरक्षाफौजले बेपत्ता पारेको एक दशकभन्दा बढी भइसक्यो । बुबा घनश्याम सापकोटा छोरीको खोजिका लागि हालसम्म दौडधुपमै छन् । तर छोरीको अवस्था बारे जानकारी नपाउँदा निकै दुखी छन् । बुद्धिमायालाई माओवादी आरोपमा पक्राउ गरी बेपत्ता पारिएको हो ।

     

  • १४ भाद्र २०७८, सोमबार ०६:३९ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान