श्रमिक बालवालिकालाई थारु महिला उत्थान केन्द्रको सहयोग – Dastabej

श्रमिक बालवालिकालाई थारु महिला उत्थान केन्द्रको सहयोग


  • दस्तावेज


  • वर्दिया । अधिकार सुनिश्चिताका लागि १८ वर्ष उमेर नपुगेका बर्दियाका बालवालिकाहरुलाई खाद्यन्न र शैक्षिक सामाग्री सहयोग गरिएको छ । गुलरिया, बाँसगढी नगरपािलका र वढैयाताल गाउँपालिकाका थप १७ जना बालवालिकाहरु लाई खाध्यवस्तु दाल, चामल, तेल, नुन, चिनि र सावुनसहित स्कुल व्याग, कोपी, पेन, जोमेटी वक्स, लगायतका समाग्रीहरु सहयोग गरिएको हो । थारु महिला उत्थान केन्द्र वर्दियाले सन्ंचालन गरिएको सक्रिय परीयोजना (बालश्रम शोषण न्यूनिकरणका लागि सामाजिक कार्य) अन्र्तगत ईट्टा भट्टामा कामगर्ने बालश्रमीक हरुलाई सहयोग गरिएको छ । वाँसगढी नगरपालिकाका उपप्रमुख सुष्मा चौधरीले नगरपालिकाले पनि छात्रावृति योजना, व्यावसायीक तरकारी खेती गर्नेहरुका लागी साईकल तथा टोकरी सहयोग, प्रविधिक शिक्षा पढ्ने जेहन्दार विध्यार्थीलाई पालीकाले सहयोग गर्ने बताईन । थारु महिला उत्थान केन्द्रले उक्त पालिकामा रहेका ईट्टाभट्टामा कामगर्ने बालश्रमिकहरुको अवस्था वारे अध्यान गरेको र घट्ना व्यावस्थापनका आधारमा राहत समाग्री हस्तान्तरण गरिएको छ ।
    वढैयाताल गाउँपालिका. वडा नं. ९ का वडाध्यक्ष कान्छु थारुले ६ जना ईट्टा भट्टामा कामगर्ने बालश्रमिकलाई सहयोग हस्तान्तरण गर्दै वडाले शिक्षा र स्वास्थ्य क्षेत्रमा केही वजेट विनियोजन गरेको जनाए ।गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले ६ जना ईट्टाभट्टामा कामगर्ने बालश्रमीकलाई सहयोग हस्तान्तरण गर्दै १८ वर्षभन्दा कम उमेरका बालवालिकाहरुले श्रम हैन स्कूल जाने र पढ्ने कामलाई प्राथमिकतामा राख्नुपर्ने वताए । उक्त कार्यक्रमको संन्चालन सक्रिय परीयोजनाका सामाजिक परामर्शदाता कल्पना नेपालले गरेकी थिईन । उक्त कार्यक्रम विश्व शिक्षाको आर्थिक सहयोग तथा एन्टेना फाउण्डेशन, स्वतन्त्रता अभियान र टिडिएच फाउण्डेशनको प्रविधिक सहयोगमा थारु महिला उत्थान केन्द्रले वर्दियाले सन्चालन गर्दै आएको छ ।

  • १४ भाद्र २०७८, सोमबार १२:१२ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ४. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ५. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ६. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ