कोरानाबाट नेपालमा थप १६ को मृत्यु, २२९५ मा संक्रमण – Dastabej

कोरानाबाट नेपालमा थप १६ को मृत्यु, २२९५ मा संक्रमण


  • दस्तावेज

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कोरोनाका कारण सोमबारसम्म थप १६ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या १० हजार ७३० पुगेको छ। त्यस्तै थप २२९५ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयले जनाए अनुसार ११८९२ पीसीआर परीक्षणमा १९०२ र ४३४१ एन्टिजेन परीक्षणमा ३९३ जना गरी २२९५ जनामा संक्रमण पुष्टि भएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६१ हजार १२४ पुगेको छ ।
    पछिल्लो समय १८०८ जनाले कोरोना जितेका छन् । योसँगै भने ७ लाख १४ हजार ५२० जना संक्रमणमुक्त भएका छन् ।

     

  • १४ भाद्र २०७८, सोमबार १७:४४ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश