नेपाली सेनाका दुई अधिृकतबिरुद्ध हत्या मुद्दाः अदालतले ३ महिनामै अनुसन्धान पूरा गर्न दिएको आदेश ११ वर्षसम्म कार्यान्वयन भएन – Dastabej

नेपाली सेनाका दुई अधिृकतबिरुद्ध हत्या मुद्दाः अदालतले ३ महिनामै अनुसन्धान पूरा गर्न दिएको आदेश ११ वर्षसम्म कार्यान्वयन भएन


  • दस्तावेज

  • नेपालगन्ज । माओवादी द्धन्द्धका क्रममा नेपाली सेनाका दुई अधिकृतले सर्वसाधारणको हत्या गरेको अभियोगको मुद्दा दर्ता गरी तीन महिनाभित्रै अनुसन्धान गर्न ११ वर्षअघि तत्कालिन पुनराबेदन अदालत नेपालगन्जले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको आदेश कार्यान्वयन भएको छैन । बाँके चिसापानीस्थित भिमकाली दल गुल्ममा कार्यरत तत्कालिन सेनाका क्याप्टेन रमेश स्वाँर र मेजर अजित बस्नेतलाई विपक्षी बनाई ज्यान मुद्दा दर्ता गरिएको थियो । र, मुद्दा परेको दुई वर्ष बितिसक्दा पनि प्रहरीले कुनै पनि अनुसन्धान नै नगरेपछि फेरि पुनरावेदन अदालत नेपालगन्जले बाँके प्रहरी, प्रशासन र जिल्ला सरकारी वकिलको नाममा आदेश जारी गर्दै तत्तकाल अनुसन्धान थाल्न आदेश दिएको थियो । तत्कालिन न्यायाधीस शान्तिराज सुवेदी र रत्न बागचन्दको ईजलासले आदेश जारी गर्दै ज्यान मुद्दाको अनुसन्धान थाल्न आदेश दिएको थियो ।‘आदेश प्राप्त भएका मितिले तीन महिना भित्र अनुसन्धान पुरा गर्नु,’ आदेशमा छ ।

    प्रभात माबि जी गाउँका शिक्षक कमल दाहाललाई संकटकालका बेला सेनाका क्याप्टेन स्वाँर र मेजर बस्नेतले बिद्यालयमै कुटपीट गरी हत्या गरेको अभियोग लगाइएको छ । प्रत्यक्षदर्शीले क्याप्टेन स्वारले नै शिक्षक दाहाललाई बिद्यालयमा पढाई रहेका बेला नियन्त्रणमा लिई कुटपीट गरेको अभियोग मुद्दामा लगाइएको छ । त्यसैगरी हाल बैजनाथ गाउँपालिका तत्कालिन नौवास्ता—८ बाँकेका श्रीमानश्रीमति दलबहादुर थापा र पार्वती थापा आफ्नै घरमा सुतिरहेको बेला सेनाका क्याप्टेन स्वाँर र मेजर बस्नेतका साथै युनिफाईड कमाण्डका सुरक्षाकर्मीले गोली हानी सामुहिक हत्या गरेको अभियोग लगाइएको छ । थापा परिवारको हत्या गरेको अभियोगसहित प्रहरी कार्यालयमा ज्यान मुद्दा दर्ता भएको थियो । तर, उक्त मुद्दामा पनि प्रहरीले कुनै अनुसन्धान थालेको छैन ।

    दुबै मुद्दाको सुनुवाई गरी अनुसन्धानको आदेश अदालतले दिएपछि अधिकारबादीहरु त्यसको स्वागत गरेका थिए । मुद्दा कार्यमा सघाउँदै आएको गैरसकारी संस्था एडभोकेसी फोरमले अदालतको उक्त आदेशपछि मुद्दाको अनुसनधान शुरु हुने विश्वास व्यक्त गरेको थियो । तर सुरक्षा अधिकारीहरुले भने द्धन्द्धकालिन घटनाको अनुसन्धान गर्न बेपत्ता तथा मेलमिलाप आयोग गठन भइसकेकोले त्यसबाटै न्याय मिल्ने बताउँछन् । उनीहरुले द्धन्द्धकालिन मुद्दालाई राज्यले नै सम्बोधन गर्नुपर्ने सुझाव दिन्छन् । तर, उक्त मुद्दामा बहस गरेका अधिवक्ता बसन्त गौतमले तीन महिना भित्रै अनुसन्धान पूरा गर्नु भनि अदालतले दिएको आदेश कार्यान्वयन नहुँदा मुद्दाको कारवाही अगाडि बढ्न नसकेको बताउँछन् ।

    मृतक कमल दाहालको घटना बिवरण ः —

    मिति २०५८ साल पौष १७ गते दिउसो जिल्ला बा“के बनकटवा गा.बि.स. वडा नं ४ जी गाउँका ३४ बर्षिय कमल दाहाल लगायतका शिक्षकहरु श्री प्रभात मा.बि.जि गाउँमा अर्धबार्षिक परीक्षाको तैयारीको लागी बिद्यालयमा परीक्षाको तयारीका लागी बिहानै देखि स्कूलमा गएर काम गरेका थिए । स्कूलमा कामको चाप भएकाले प्रायः सबै शिक्षकलाई स्कूल हाता भित्रै रहेको पियन दिनेश नाथ योगीको घरमा खाना खाँदै थिए । यसै क्रममा चारै तिरबाट सेनाले बिद्यालयलाई घेराउ गरे । खाना खाईसकेका शिक्षकहरु खाना खाएको घरबाट निस्केर स्कूल कम्पाण्डमा आउँदा सेनाले शिक्षकहरुको कठालो समात्दै त कमल दाहाल होस भनेर सोध्दै ठाउँ देखाएर यता उभीन भने । कमल दाहालले खाना खादै हुनुहुन्थ्यो । एक सेना चिच्याएर कमल दाहाल बाहिर निस्की भनेर चिच्याए । खाना खादै गरेका मेरो श्रीमान कमल दाहाल जुठै हाल सहित बाहिर निस्कीनु भयो । उहाँ स्कूल भवनबाट बाहिर निस्के पछि सेनाले अरु शिक्षकलाई जस्तै कठालोमा समातेर कमल दाहाल भन्ने तँ होस भनेर सोधे । श्रीमानले हजुर कमल दाहाल म नै हु भने पछि रिभल्भर लिएका क्याप्टेन रमेश स्वाँरले घुडाले टेकेर बस् भने । घोडा टेकेर बस्ने बित्तिकै बेस्सरी लात्तीले अण्डकोषमा हिर्काए । त्यस दिन बिद्यालयको हाता भित्र खोप कार्यक्रम पनि भएकाले त्यहाँ उपस्थित भएका महिलाहरुलाई म जाहेरवालीको श्रीमान कमल दाहालको कठालो समाएर देखाउदै यो आतंककारी अपराधी हो भनेर त्यहाँ उपस्थित महिला लगायतका मानिसहरुको चारै तिर घुमाए । सेनाले बन्दुकको कुन्दा र लात्तीले हान्दै क्याप्टेन रमेश स्वाँरले तलाई भेटाई अव छाड्दिन भन्न थाले । कमल दाहालले म माओवादी होईन । सरकारी शिक्षक हुँ । मेरा बालबच्चा साना छन् । मलाई केही नगर्नुहोस भनी रमेश स्वारको खुट्टा समाई अनुनय बिनय गर्दा त्यसको कुनै सुनुवाई नगरी कठालोमा समाई बिद्यालय गेट बाहिर रोही राखीएको रातो रङ्गको पिक अप जिपमा राखी बिद्यालयका शिक्षक, खोप कार्यक्रममा उपस्थित स्वास्थ्य कार्यकता लगायत अन्य स्थानिय बासिन्दाको सामुन्नेबाट पुर्व पश्चिम महेन्द्र राजमार्गमा लगी चिसापानी ब्यारेक तर्फ लगे ।

    पक्राउ गरेर लगेको अर्को दिन मिति २०५८।९।१८गते दिउँसो १ बजेको रेडियो नेपालले सुरक्षा घेरा तोडेर भाग्न खोज्दा सुरक्षाकर्मीले चलाएको गोलीबाट बनकटवा ईलाकामा कमल दाहाल नाम गरेको आतंककारीको मृत्यु भएको भनी समाचार प्रशारण ग¥यो । घटना पश्चात तत्कालै जाहेरी दरखास्त दर्ता गराउन जाँदा प्रहरीले दर्ता नगरेको । लोकतन्त्रको स्थापना पछि २०६५÷१÷१२ मा मृतक कमल दाहालकी श्रीमती योगमाया दाहालद्धारा एडभोकेसी फोरमको कानूनी सहयोगमा इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा तत्कालिन चिसापानी ब्यारेकका बाँकेका मेजर अजित थापा, क्याप्टेन रमेश स्वाँर लगायत हत्यामा संलग्न सुरक्षाकर्मीका बिरुद्ध कर्तब्य ज्यान मुद्धा दर्ता गराउनु भएको थियो ।तर जाहेरी दर्ता भएको लामो समयसम्म पनि प्रहरीद्धारा अनुसन्धान कार्य पुरा नगरेकोले मिति २०६६ असार ४ गते अनुसन्धान तहकिकातको काम तत्कालै अगाडी बढाई ३ महिला भित्र अभियोगपत्र दायर गर्नु गराउनु भनी बिपक्षी निकायका नाममा परमादेशको आदेश जारी पाउँ भनी जिल्ला प्रहरी कार्यालय बाँक, इलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला सरकारी वकिल कार्यालय बाँकेका बिरुद्ध श्री पुनरावेदन अदालत नेपालगंजमा परमादशेको रीट निवेदन दर्ता गरीएको थियो ।

    मृतक दल बहादुर थापा र निजकी श्रीमती पार्वती थापाको  घटना बिवरण ः

    मिति २०५९÷५÷२५ गते साँझ ९ महिलाको छोरी दिपा सहित ३५ बर्षीय दल बहादुर थापा र निजकी श्रीमती ३३ बर्षीया पार्वती थापा जिल्ला बाँके नौवस्ता गा.बि.स वडा नं ८ नेउलापुर स्थित आफनै घरको कोठामा बसेर रेडियो सुन्दै थिए । यसै बखत आएको संयुक्त सुरक्षा फौजले रातीको झण्डै ८ ः ३० बजे तिर पश्चिमतर्फको झ्यालबाट र पुर्व तर्फको ढोकाबाट सुरक्षाकर्मीले जथाभावी गोली प्रहार गर्दा निज थापा दम्पत्तीको मृत्यु हुन पुग्यो भने निजकी छोरी दिपा घाईते भएकी थिईन । गोली हाने पश्चात ति सुरक्षाकर्मीले लासै समेत उठाएर लगी बेपत्ता पारिदिए । यस क्रममा सुरक्षाफौजले नगद र गरगहना समेत लुटेर लगे ।

    घटनाको अर्को दिन साँझ रेडियो नेपालको समाचारमा नौवस्ता इलाका सुरक्षा फौजको आतत्ककारीसंगको दोहोरो भिडन्तमा २ जना आतंककारीको मृत्यु भएको भनी समाचार प्रशारण गराइयो । घटना पश्चात २०५९÷५÷२८ मा निर्दोष छोरा बुहारी हत्या गरेको बिषयमा प्रहरी र प्रशासनमा उजुरी गर्न जाँदा माओवादी मरेको उजुरी गर्न आउने तिनिहरुको पनि मर्ने मन छ भन्दै धम्क्याएर पठाई दिए । देशको परिवर्तित अवस्था पछि मृतककी आमा भुमिसरा थापाद्धारा हत्या गर्ने कार्यमा संलग्न रहेको आरोप लगाउदै तत्कालिन चिसापानी ब्यारेक बाँकेका मेजर अजित थापा, क्याप्टेन रमेश स्वाँर, सशस्त्र प्रहरी बागेश्वरी गण, सुराकीको काम काम गर्ने दण्डपाणी कंडेल लगायतका हत्यामा संलग्न ब्यक्तिहरुका बिरुद्ध मिति २०६४÷१÷१२ मा जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दरखास्त दर्ता गर्न जाँदा प्रहरीद्धारा जाहेरी दरखास्त दर्ता गर्न इन्कार गरेका थिए ।

     

  • १५ भाद्र २०७८, मंगलवार १२:०४ प्रकाशित

  • Nabintech
  • १. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • २. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान