। गजुरी गाउँपालिका-५ धारापानीस्थित बिद्युतको पोलमा एनसेल कम्पनीको फाइबर मर्मत गर्नका लागि भर्याङ लगाउने क्रममा करेन्ट लागेर २ जनाको सोमबार बिहान मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्याङ्जा घर भएका २६ वर्षीय बिमल परियार र कास्की पोखरा बस्ने २५ वर्षीय उमाकान्त बराल रहेका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका कास्की पोखरा बस्ने २३ वर्षीय भुवन बराललाई गजुरी अस्पताल हुँदै थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ ।