मृत अवस्थामा ६ जना फेला - Dastabej

मृत अवस्थामा ६ जना फेला


  • दस्तावेज

  •  

    काठमाडौं ।ओखलढुङ्गा, सिद्दिचरण नगरपालिका-७ टोड्के बस्ने ४० वर्षीया मिना कुमारी श्रेष्ठ सिद्दिचरण नगरपालिका-७ स्थित टोड्के सामुदायिक जंगलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । घरबाट कसैलाई नसोधी हिडेकी उनको खोजी गर्ने क्रममा सोही जगंलमा शव फेला परेको हो । झापा, अर्जुनधारा नगरपालिका-६ बिहानी टोल डेरा गरी बस्ने सोही नगरपालिका-१० घर भएकी ४५ वर्षीया साबित्रा बिक आफ्नै डेराबाट करिब १ सय मिटर टाढा बाटो छेउमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । लमजुङ, सुन्दरबजार नगरपालिका-७ तल्लोबजारस्थित झिगेखोलाको झाडीमा सोही ठाउँ बस्न ५२ वर्षीय रामचन्द्र ढुंगाना सोमबार मृत अवस्थामा फेला परेका छन् ।मोरङ, केराबारी गाउँपालिका-८ खदम खोलामा सोही गाउँपालिका-१० बस्ने ४० वर्षीय धन बहादुर निरौला सोमबार मृत अवस्थामा फेला परेका छन् ।

    रुपन्देही, बुटवल उपमहानगरपालिका-१५ मैहिना पथस्थित नालामा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।कास्की, पोखरा महानगरपालिका-१४ मझेरी खोलास्थित ढुङ्गामा हाल नाम, थर, वतन नखुलेका करिब २७ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • १५ भाद्र २०७८, मंगलवार १३:३५ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार