काठमाडौं । प्युठान, स्वर्गद्वारी नगरपालिका-४ गोठीबाङस्थित भालुवाङ-रोल्पा सडक खण्डमा सोमबार दिउँसो पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भिंग्री प्युठानबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका-११ तुल्सी भङज्याङस्थित सिद्धार्थ राजमार्गमा सोमबार राति सडक भासिदा सडक अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गल्याङबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
म्याग्दी, रघुगंगा गाउँपालिका-२ तल्लो बैसरीस्थित बेनी जोमसोम सडकमा सोमबार राति ढुङगा माटो सहितको पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गलेश्वरबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ ।
पाल्पा, बगनासकाली गाउँपालिका-४ सेरास्थित सिद्दार्थ राजमार्गमा सोमबार राति ढुङ्गा माटो सहितको लेदो पहिरो जाँदा सडक अवरोध भएको छ । सडक अबरोध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरीले सडक खुलाउने पहल गरिरहेको छ ।