पोखरामा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ - Dastabej

पोखरामा तास खेलिरहेको अवस्थामा १४ जना पक्राउ


  • दस्तावेज

  •  

    कास्की ।पोखरा महानगरपालिका-७ घारीपाटनस्थित राधाकृष्ण मार्ग बस्ने ज्ञान बहादुर खड्काको घरमा तास खेलिरहेको अवस्थामा खड्का लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खड्काको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ५० हजार ६ सय ३५ रुपैयाँ र २ सय १२ पत्ती तास सहित पक्राउ गरेको हो । यसैगरी पोखरा महानगरपालिका-१५ सिताराम हाउजिङमा डेरा गरी बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-८ घर भएका ५१ वर्षीय लालप्रसाद गुरुङको कोठामा तास खलिरहेको अवस्थामा गुरुङ लगायत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । गुरुङको कोठामा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८४ हजार ५ सय २५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

     

  • १५ भाद्र २०७८, मंगलवार १४:५३ प्रकाशित

  • Nabintech
  • १. जब्दीघाट पुल निमार्णका लागि ८६ करोड बजेट बिनियोजन, जस लिन सांसद गौतम अनसनमा
  • २. मचानमा लगेर सामूहिक बलात्कार आरोपमा बर्दियाका दुई युवक पक्राउ
  • ३. जब्दीघाट पुल निमार्ण गर्न बैशाख २८ गते सरकारी निर्णय, ३१ गतेदेखि अनसन बसेर सासंद गौतम लिन खोज्दै श्रेय
  • ४. पुरनको पुर्नबहाली हुने अधार बलियो
  • ५. राप्ती सोनारी ३ बाट मध्यरातमा ग्रभेल चोर्ने २ वटा टिप्पर र जेसिभी पक्राउ
  • ६. नागरिक उन्मुक्तिले घोषणा गरेको नेपाल बन्द फिर्ता
  • ७. बढैयातालमा वातावरणीय प्रभाव मुल्यांकन नै नगरी जथाभावी माटो उत्खनन गरेको स्वीकार