यसरी जन्मियाे चलचित्र ‘एक’ – Dastabej

यसरी जन्मियाे चलचित्र ‘एक’


  • दस्तावेज

  • विदेशी शक्ति केन्द्रहरूको स्वार्थका लागि नेपाल ‘प्ले ग्राउन्ड’ बनेको तथ्यलाई कसैले नकार्न मिल्दैन। यसैका कारण नेपालको राजनीति सधै अस्थिर नै भइरह्यो। र त्यसको परिणाम नेपाली जनताले भोग्न बाध्य भइरहनुपरेको छ। हस्तक्षेपको अनेकन स्वरूवहरू देखेर हुर्केको हुँदा म भित्र आफ्नो देश जोगाउनुपर्छ भन्ने बिचार र भावना अत्यन्त क्रियाशील छ। यसैको परिणाम हो चलचित्र ‘एक’।
    ग्रेटर नेपाल वृत्तचित्र बनाउँदा भारतसँग ‘सिमाना जोडिएका तराईका भूगोल छिचोल्दै गर्दा मैले स्वतन्त्र मधेसको राजनैतिक बिचार बोकेका केही युवासँग भेट्ने मौका पाएको थिए। र उनीहरूको त्यो विखण्डनकारी सोचेको पृष्ठभूमि बुझ्ने मौका पनि पाएको थिएँ। जो मेरे सोचको ठ्याक्कै विपरीत थियो। पछिल्लो चरणमा त्यो विखण्डनको सोच बढ्दै जाँदा म भित्र यस्तो चिन्ता बढ्नु स्वभाविकै थियो। र यसमा विदेशी शक्तिको आफ्नो स्वार्थ जोडिनुले झनै चिन्ता बढाइदिएको थियो।
    एउटा सामान्य नागरिक भएको हिसावले हाम्रो देश विदेशी स्वार्थहरूको क्रिडास्थल बनिरहँदा त्यसका विरुद्ध धेरै ठूलो प्रतिक्रिया दिन नसके पनि आफ्नो सृजनशीलताका माध्यममार्फत त्यो परिस्थितिलाई चुनौती दिने कथामा आधारित चित्रकथा भन्छु भन्ने निर्णय मैले गरेँ।
    र, यही उत्प्रेरणामा ‘सि.एस. आई’ नामक एउटा त्यस्तो काल्पनिक गुप्तचर संस्थाको परिकल्पना गरेँ। जसले देशका विरूद्ध हुने सम्पूर्ण विदेशी षड्यन्त्रहरूलाई निस्तेज पार्नेछ। अनि त्यही संस्थाको जिम्मेवार र इमान्दार एजेन्टको मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित भएर चलचित्र ‘एक’ जन्मियो ।

  • १५ भाद्र २०७८, मंगलवार १७:४६ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश