काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना संक्रमित थप २० को मृत्यु भएको छ । २४ घण्टामा थप १,६६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार १७८६ जनाले कोरोना जितेका छ्न । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६२ हजार ६४७ पुगेको छ । त्यस्तै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७५० पुगेको छ । ७ लाख १६ हजार ३०६ जनाले कोरोना जितेका छन् ।