स्वास्थ्य समाग्री सहयोग - Dastabej

स्वास्थ्य समाग्री सहयोग


  • दस्तावेज

  • बाँके । सहकर्मी समाज नेपाल कोहलपुर बाँकेले मंगलबार नेपालगन्जको जमुनाहा नाकामा रहेको हेल्थ डेस्कलाई स्वास्थ्य समाग्री सहयोग गरेको छ । हेल्थ डेस्कलाई ४ लाख ६५ हजार बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोर्डएड र इको संस्थाको सहयोगमा सहकर्मी समाजद्धरा संन्चालित कोभिड १९ आपत्कालिन प्रतिकार्य नेपाल कार्यक्रमद्धरा स्वास्थ्य समाग्री सहयोग गरिएको संस्थाका कार्यक्रम संयोजक अन्जु गुरुङ्गले बताइन् । हेल्थ डेस्कलाई ७ सय थान एन्टिजेन किट, एक हजार थान माक्स, एक सय थान ग्लोब्स्, एक थान दराज र एक थान टेबल सहयोग गरिएको छ । स्वास्थ्य समाग्री ग्रहण गर्दै जमुनहा हेल्थ डेस्कका प्रमुख राम बहादुर शाहीले यो स्वास्थ्य समाग्रीले कोरोना परिक्षण गर्न सहज हुने बताए । बेला बेलामा हुने एन्टिजेनको समान्य अभावलाई यसले पुर्ति गर्ने शाहीको भनाई थियो । सहयोग गरिएको दराज र टेबलले कागजपत्रहरु राख्न सहज हुने हेल्थडेस्कका स्वास्थ्यकर्मीहरुले बताएकाछन् ।

    सहकर्मी समाजले अस्पताल र हेल्थ डेस्क र पालिकाहरुसंग समन्वय गरेर आवश्यक स्वास्थ्य समाग्री सहयोग गर्दै आएको छ । सहकर्मी समाज कोहलपुरले गत साता पनि भेरी अस्पताल र बर्दियाको जिल्ला अस्पतालाई स्वास्थ्य समाग्री सहयोग गरेको थियो । यसका साथै बाँके र बर्दियाको सबै पालिकामा दुई दुई जना समाजिक प्रशिक्षक समेत खताएको छ । वहाँहरुले स्वास्थ्य शाखा अन्तरगत रहेर खोप सम्बन्धि समुदाय स्तरमा जानकारी गराउदै आएका छन् । स्वास्थ्य समाग्री सहयोग गर्दा सहकर्मी समाजका नेपालगन्ज उपमहानगरपालिकाका समाजिक प्रशिक्षक अन्जली बैश्य र दुर्गा मल्लालगायत्को सहभागिता रहेको थियो ।

     

     

  • १६ भाद्र २०७८, बुधबार ०५:४८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा