फैलिदै ब्राउनसुगरको कारोबार, उक्लिदै पहाडी जिल्लाका बजार  – Dastabej

फैलिदै ब्राउनसुगरको कारोबार, उक्लिदै पहाडी जिल्लाका बजार 


  • दस्तावेज

  •  

    नेपालगन्ज । लागु औषध नियन्त्रण ब्यूरोले बर्दियाको गुलारिया नगरपालिका वडा न २ का बर्ष ३५ का अकलेश यादबलाई सोमबार दिउ‘सो साढे २७ ग्राम ब्राउन सुगरसहित पक्राउ ग¥र्यो । उनलाई गुलारियाको शहिद चोकबाट पक्राउ गरिएको हो । विशेस सूचनाका अधारमा सोमबार दिउ‘सो साढे दुई बजे खानतलासी गर्दा उनको पाइन्टको गोजिबाट कालो प्लास्टिकमा बेरिएको अवस्थामा ३० पकेट ब्राउनसुगर बरामद गरिएको हो ।त्यसको केहीबेरमा हुम्ला नाम्खा गाउ‘पालिका वडा नं १ घर बताउने ३९ बर्षीया खण्डु तामाङ लागु औषधसहित नेपालगन्जबाट पक्राउ परिन । उनीसंग रहेको झोलामा धुलो तौल गर्दा ६ ग्राम र ५ वट्टा नाईट्राजेपाम १ हजार ५ सय १५ ट्याव्लेट बरामद गरिएको प्रहरीले जनाएको छ । सोमबार नेपालगन्जको बसपार्कबाट उनलाई पक्राउ गरिएको हो । सोमबारमात्रै नेपालगन्ज र गुलरियाबाट ठूलो परिणामको लागुऔषध बरामद भएको छ । उनीहरुले भारतको रुपैडिहाबाट लागु औषध खरिद गरेका हुन । पक्राउपछि उनीहरुले बिक्री गर्ने योजनाको खुलासा गरेका छन् । सीमासंग जोडिएको भारतीय बजारमा ब्राउनसुगर खरिद गरी मध्यपश्चिको पहाडी जिल्लामा तस्करी हुने गरेको छ । भारतमा प्रतिग्राम ४ हजार रुपैयाँमा किन्न पाईने ब्राउनसुगर पहाडी गाउँमा दशौं हजारसम्म बिक्री हुने गरेको छ । कर्णालीको जुम्ला, मुगु, डोल्पा, हुम्ला, कालिकोटमा समेत नेपालगन्जबाट ब्राउनसुगर तस्करी हुने गरेको प्रहरीले जनाएको छ । त्यस्तै, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पालगायतका जिल्लामा ब्राउनसुगर पुग्ने गरेको छ ।

    ‘भारतसंग जोडिएको नेपालगन्जमा लागुऔषध दुब्र्यसनीको अवस्था भयाभव छ । हाल आएर पहाडि जिल्लामा तस्करी हुन थालेको छ,’ जिल्ला प्रहरी कार्यालय, बा“केका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले भने,‘भारतमा सस्तोमा किनेर महङोमा बिक्री हुने भएकाले कारोबारी बढेको हो ।’प्रहरीले लागुऔषध सेवन र कारोबारीको आरोपमा दैनिक १० जनासम्म बढीलाई पक्राउ गर्दै आएको छ । बा“के प्रहरीको हिरासत दैनिक दुब्यर्सनीले भरिने गरेको छ । गत आर्थिक वर्षमा मात्रै १ सय १० जनालाई त्रफाउ गरिएको छ । एक सय बढीबिरुद्व लागुऔषध मुद्दा चलाइएको प्रहरीले जनाएको छ । लागुऔषध सहित विभिन्न व्यक्तिहरु दैनिकजसो पक्राउ पर्न थालेपछि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्ष भरिने गर्छ । पक्राउ पर्नेमा लागुऔषध बोक्ने भरिया र दुव्र्यसनीसमेत रहेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकाबिरुद्व मुद्धा चलाउन प्रहरीले हिरासतमा राख्ने गरेको हो । घटनाको अनुसन्धान गर्न समय लाग्ने र थप व्यक्तिहरु पक्राउ परिरहेकाले ठाउ“ अभाव हुने गरेको हो । नेपालगन्ज र आसपासका क्षेत्र लागुऔषध कारोबार र प्रयोगकर्ताहरुको केन्द्रबिन्दु जस्तै भएको छ । लागुऔषध तस्करीमा प्रयोग गरिएका भरियालाई प्रहरीले दैनिकजसो पक्राउ गर्दै मुद्धा चलाउ“दै आएको छ । लागुऔषध सहित पक्राउ पर्ने व्यक्तिले प्रहरीमा बयान दिंदा पैसाको प्रलोभनमा परेको र तस्करी गराउनेलाई नचिनेको बताउने गरेका छन् । खुला सीमाका कारण यहा“का लागुऔषध तस्करी नियन्त्रण निकै चुनौतीपुर्ण बन्दै गएको छ भने गिरोहको चलखेल बर्षौदेखि जारी छ ।

     

  • १६ भाद्र २०७८, बुधबार ०६:०८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु