बर्दियाका किशोरीलाई जिवन उपयोगी तालिम – Dastabej

बर्दियाका किशोरीलाई जिवन उपयोगी तालिम


  • दस्तावेज

  • बर्दिया । बर्दियाका १८ बर्षदेखि २४ बर्ष उमेर समूका किशोरीका लागि जीवन उपयोगी शिप, उद्यमशिलता र व्यवसायिक योजना सम्बन्धि ५ दिने तालिम बुधबारदेखि सुरु भएको छ । उक्त तालिम प्लान ईन्टरनेशलन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बि ग्रुप) बाँके साझेदारीमा सन्चालित बाल विवाह, चाँडो विवाह र जवरजस्ति विवाह रोकथाम परियोजना अन्तर्गत चलाइएको हो । प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय फिल्ड कार्यालय सुर्खेतका क्षेत्रीय प्रबन्धक मिना पराजुलीले ५ दिने तालिमको सुरुवात मैनबत्ति प्रज्वलन गरेर उद्घाटन गरिन । तालिममा शुभकामना मन्तव्य दिदै पराजुलीले महिलाहरुमा रुपान्तरणको आवश्यकता रहेको बताईन । उनले विगतदेखि गर्दै आईरहेको पेशा व्यवसाय भन्दा फरक पेशा अंगाल्नुपर्ने सुझाव दिईन । उनले पुरुषहरुले गर्न सक्ने पेशा व्यवसाय महिलाले पनि गर्न सक्ने भएकाले महिला पहिरुलाई आफुलाई रुपान्तरण गर्दै सिलाई कटाई व्यवसायमा मात्रै सिमित नभएर फरक पेशा व्यवसाय सुरु गरेर समाजलाई सकारात्मक सन्देश दिनुपर्ने विश्वास व्यक्त गरिन ।

    आर्थिक समस्याका कारण बिद्यालय जानबाट बञ्चित भएका र बालविवाहको जोखिममा पर्न सक्ने किशोरीहरुलाई उद्यमशिल बनाई आर्थिक आयआर्जनका गतिविधिमा समावेश गराउने उद्देश्यले प्रारम्भिक चरणमा जीवन उपयोगी शिप, उद्यमशिलता र व्यवसायिक योजना तालिम सञ्चालन गरेको र तालिम पश्चात व्यवसायी योजना अनुसार सहभागीहरुलाई सिपमुलक तालिम सञ्चालन गरिने परियोजना संयोजक दिनेश कुमार चौधरी ले बताए । ५ दिन सम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रको अध्यक्षता राजापुर वडा नं ६ का.वा. अध्यक्ष ठाकुरकुमार चौधरीले गरेका थिए भने प्लान ईन्टरनेशनल नेपालका नेतृत्व र निर्णय बिषयका कार्यक्रम बिषशेज्ञ बिनय ज्ञवालीको उपस्थिती रहेको थियो । दलित, जनजाती, विपन्न परिवार र प्रत्याभुत परिवार बाट गरी जम्मा १५ जना किशोरीहरुकोे सहभागीता रहेको छ । उक्त तालिमको सहजिकरण रामकुमारी चौधरीले गरेकी छन् ।

     

  • १७ भाद्र २०७८, बिहीबार ०७:०५ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाघको आक्रमणमा परि बर्दियामा महिलाको ज्यान गयो
  • ७. बढैयातालको उपाध्यक्ष र ७ वडाध्यक्ष जितेको एमाले अध्यक्षमा किन पराजित भयो ?