गाउँ होस् या बजार, अर्गनिक तरकारी किन्ने हुन्छन् हजार – Dastabej

गाउँ होस् या बजार, अर्गनिक तरकारी किन्ने हुन्छन् हजार


  • शम्भुप्रसाद थारु


  • बाँके । नेपालगन्जमा गाउँको अर्गनिक तरकारीको माग एकाएक बढेको छ । उपभोक्ताहरु अर्गेनिक बजार खोजीखोजी किन्ने गरेकाछन् । बाँके र बर्दियाको बिभिन्न गाउँबाट महिलाहरु बिहानै तरकारी लिएर नेपालगन्जको धम्बोझीमा आइपुग्छन् । ती तरकारी बिहान मोनिङवाक गर्ने उपभोक्ताहरु बढी किन्ने गरेकाछन् । तरकारी किन्दै गरेकी नेपालगन्ज बेलासपुरकी श्रृष्टी बस्यालले गाउँको तरकारी अर्गनिक हुने, रसायनिक मल नहालेकोले शुद्ध ताजा तरकारी बढी मन पर्ने गरेको बताइन् । स्थाई घर दांग मलवार थारु समुदायमा जन्मे हुर्केकाले पनि पहिलेदेखि गाउँकै तरकारी खोजीखोजी किन्ने गरेको बताइन् । एक पटकमा ४ दिन पुग्ने तरकारी किनेर लग्ने गरेको बस्यालको भनाई छ ।

    तरकारी बिक्रि गर्न आउने थारु महिलाहरु बिहान ३ बजेदेखि नै तयारी गरेर २५÷३० किलोमिटर दुरी पार गरेर नेपालगन्जमा तरकारी पुर्याउदै आएका छन् । गाउँबाट म्याजिक र साइकलबाट तरकारी ल्याउने गरेकाछन् । नेपालगन्जमा तरकारीको माग बढी भएको र बजार पनि सहजै पाउने भएकाले बिक्रि गर्न सहज आउने गरेको बर्दिया बढैयाताल ४ बुटहाकी संगिता थारुले बताइन् । हप्तामा २ पटक तरकारी बिक्रि गर्न आउने गरेको उनले जनाईन । नेपालगन्ज धम्बोझी सिटिजन्स् बैक छेउमा उनीहरु बिहान ६ बजे देखि ८ बजेसम्म तरकारी बिक्रि गर्ने गर्दछन् । प्रत्येक बिहान उक्त ठाउँमा तरकारीको बजार नै लाग्ने गर्दछ । तरकारी बेच्दै गरेका बर्दिया बढैयाताल ३ सोरहवाकी धर्मि थारुले उपभोक्तहरुले महगो तरकारी भएको गुनासो गरे पनि आआप्mनो रोजाई अनुसारको छानीछानी उपभोक्तहरुले तरकारी किन्ने गरेको बताइन् ।

    बाँके र बर्दियाका बिभिन्न गाउँबाट थारु समुदायका महिलाहरु बिगत एक दशकदेखि नेपालगन्जमा तरकारी बिक्रि गर्दै आएकाछन् । सबै भन्दा बढी बाँके बैजानाथ टिटिहिरिया, फत्तेपुर, राप्तिपारीको फत्तेपुर र बर्दियाको बढैयातालबाट समेत थारु महिलाहरु नेपालगन्जमा तरकारी बिक्रि गर्दै आएका छन् । नेपालगन्जमा गाउँको तरकारीले बजार पाएपछि महिलाहरु अर्गनिक तरकारी व्यवासायिक रुपमा समेत उत्पादन गर्न थालेका छन् । बिगत १६ बर्षदेखि नेपालगन्जमा तरकारी बिक्रि गर्दै आएका बैजानाथ ८ टिटिहिरियाकी जल्मी थारुले गोबर मलबाट तरकारी उत्पादन गरेर बिक्रि गर्ने गरेको बताइन् । प्रराङ्गरिक मलबाट तरकारी उत्पादन गर्दा कम फल्ने भएकाले आफुहरु केही महगोमा तरकारी बिक्रि गर्ने गरेको उनले बताइन् ।

    नेपालगन्ज बजारमा रसायनिक मलबाट उत्पादन गरेको बिषादीयुक्त तरकारी खानुपरेको उपभोक्ताहरुको गुनासोका कारण अर्गनिक तरकारीको माग बढेको हो । जसका कारण थारु महिलाहरुले उत्पादन गरेको तरकारीले बजार पाएको छ । नेपालगन्जमा बिक्रि हुने तरकारी भन्दा थारु महिलाले बिक्रि गर्ने तरकारी तुल्नात्मक रुपमा थोरै महगो भए पनि महत्व बुझेका उपभोक्ताहरु महिलाहरुको तरकारी किन्ने गरेकाछन् । धम्बोझीमा तरकारी किन्दै गरेका नेपालगन्ज २ का वडा अध्यक्ष सुनिलसिंह हमालले थारु महिलाहरुको तरकारीको माग व्यापक बढेको बताए । नेपालगन्जबासीले बिहानबिहानै शुद्ध बिषादीरहित तरकारी खान पाएको, हामीलाइ अनुभुति भएकाले अनन्द लागिरहेको प्रतिक्रिया समेत हमालले दिए । केही बर्ष अगाडी थारु महिलाहरु सिटिजन्स् बैक अगाडि तरकारी बिक्रि गर्दैै आएको देखेपछि ठाउँ व्यवस्थित गर्न बैकसंग सहजिकरण समेत गरेको हमालले जनाए ।
    तरकारी बिक्रि गर्न सहजतका लागि बिसौनी बजारको रुपमा स्थापित भएको छ । त्यहाँ जति बिक्रि भयो भयो, भएन भने दिनभरी हिडेर महिलाहरु बजारमा तरकारी बिक्रि गर्ने गरेका छन् । गाउँको तरकारीले नेपालगन्जमा बजार लिएपछि महिलाहरुको आयआर्जनमा पनि बृद्धि भएको छ । तरकारी बिक्रि गरेर दैनिक १ हजार देखि ४ हजारसम्म आम्दानी हुने गरेको महिलाहरु बताउँछन् । जसले गर्दा नेपालगन्ज तरकारी बिक्रि गर्न महिलाहरु अर्कषित भएका छन् । तरकारी बिक्री गर्न आउने महिलाहरुको संख्या दिनप्रतिदिन बढ्दै गए पनि ठाउँको भने व्यवस्थापन छैन । सिटिजन्स् बैकले कार्यालय अगाडि बिहान तरकारी बिक्रि गर्न दिए पनि सन अभावका कारण तरकारी बिक्रि गर्न समस्या समेत हुने गरेको महिलाहरुको गुनासो छ ।

  • १७ भाद्र २०७८, बिहीबार ०७:२७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ