दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदीबहिनीसहित ४ को मृत्यु – Dastabej

दाङमा बाढीले कार बगाउँदा एकै परिवारका दिदीबहिनीसहित ४ को मृत्यु


  • दस्तावेज

  • दाङ— नेपालगन्जबाट घोराही गइरहेको प्रदेश ०३–०१–०२४ च ४४४० नम्बरको कारलाई घोराहीको गोग्लीस्थित सिस्नेखोलामा आएको बाढीले बगाउँदा एकै घरका दिदीबहिनीसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही १६ सर्राकी ३२ वर्षीया सुशीला श्रेष्ठ, उनकी बहिनी ३० वर्षीया राधिका श्रेष्ठ, घोराही १३ की ४० वर्षीया रीतामाया पुन र घोराही–१४ की ४२ वर्षीया विमला केसी रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । श्रेष्ठ दिदीबहिनीको बुधबार राति नै शव भेटिएको छ । पुन र केसीको शव बिहीबार बिहान कर बगेको स्थानबाट ३ किलोमिटर दक्षिणतर्फ घोराही–३ बेलुवामा फेला परेको छ ।
    चालक घोराही १५ का ४३ वर्षीय नरबहादुर पुनको खुट्टा भाँच्चिएर घाईते भएका छन् । कारमा चालकसहित पाँच जना थिए ।

  • १७ भाद्र २०७८, बिहीबार ०९:०० प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ