चितवन । चितवनको भरतपुर अस्पतालमा अनियमितता बढेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अस्पतालमा अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो ।आयोग्को कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोलीले छापा मारेको छ । टेन्डर सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतको उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।