जनकपुर । प्रदेश २ मा २१ सासद रहेको नेकपा (एमाले) का १० सांसदहरुले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । बिहीबार प्रदेश निर्वाचन कार्यालयमा पुगेर समाजबादी पार्टी रोजेका हुन ।
नेकपा समाजबादी पार्टी रोज्ने प्रदेश सांसदहरु
१)शत्रुधन महतो,
२) गोविन्दबहादुर न्यौपाने
३) प्रमोद यादव
४) अशोककुमार यादव
५) मञ्जुकुमारी यादव
६) बेची लुंगेली
७) रवीन्द्र बैठा
८) नागेन्द्र राय यादव
९) हसिमा खातुन
१०) मनोज सेन श्रीवास्तव
प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद मध्ये १३ जना शुरुदेखि नै माधव नेपाल पक्षमा देखिँदै आए पनि ३ जना विभिन्न कारणले बिहिबार निर्वाचन कार्यालय पुग्न सकेनन् ।