कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प – Dastabej

कोरोना जोखिमले बाँकेको खेल गतिविधि ठप्प


  • दस्तावेज

  • नेपालगन्ज । बाँकेमा विभिन्न खेल विधाका झण्डै पाँच हजार खेलाडी लामो समयदेखि खेलकुद गतिविधिमा सहभागी हुन पाएका छैनन् । कोरोना महामारीका कारण खेलाडी खेल गतिविधिमा सहभागी हुन नपाएपछि जिल्लाको खेलकुद गतिविधि अहिले शून्यप्रायः भएको छ । जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीले भन्नुभयो, “कोरोना महामारीपछि लकडाउनले थला परेको बाँकेको खेलकुद क्षेत्र अब विस्तारै उठ्ने प्रयत्नमा लाग्नेछ ।” गत वैशाखको पहिलो सातादेखि खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएपछि यहाँका खेलाडी चिन्तित बनेका छन् । खेलाडीले दैनिक चार घण्टा खेल अभ्यास गर्नैपर्छ । खेल अभ्यास गर्न नपाएमा खेलाडीबाट राम्रो नतिजाको अपेक्षा गर्न नसकिने एथलेटिक्सका प्रशिक्षक हृदयकृष्ण मास्केको भनाइ छ ।

    जिल्लामा पछिल्लो समय खेल पूर्वाधारको स्तरीय विकाससमेत भएको छ । तर कोरोना महामारीका कारण ती पूर्वाधारको सदुपयोग हुनसकेको छैन । जिल्लाको सदरमुकाम नेपालगञ्जमा अत्याधुनिक रङ्गशाला, पौडी पोखरी, कभर्डहल, सुटिङ रेन्ज, खजुरामा भलिबल स्टेडियम, कोहलपुरमा क्रिकेट मैदान खेलकुदका ठूला पूर्वाधारका रूपमा रहेका छन् । जिल्लामा प्रशस्त खेल पूर्वाधार हुँदासमेत कोरोना महामारीका कारण जिल्ला, प्रदेश र राष्ट्रियस्तरका कुनै खेल गतिविधि र प्रतियोगिता सञ्चालन हुनसकेको छैन । खेलकुद विकास समिति लुम्बिनी प्रदेशका सदस्यसचिव भीम ओलीका अनुसार लामो समयदेखि खेलकुद गतिविधि नहुँदा खेलाडी पलायन हुने अवस्थामा पुगेका छन् । उहाँ भन्नुभयो, “लामो समय व्यायाम, खेल अभ्यास र प्रतियोगिता खेल्न नपाएका खेलाडीलाई फेरि शून्यबाट सुरु गर्नुपर्छ, हामी अहिले यसैको तयारीमा लागेका छौँ ।”

    जिल्लालाई खेलको उर्वरभूमि मानिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा बाँकेका अधिकांश खेलाडीले प्रतिनिधित्व गरेका छन् । तीन ओलम्पियन पनि जिल्लाले जन्माएको छ । केही वर्षयता थप माथि उक्लिन लागेको बाँकेको खेलकुद गतिविधिलाई पहिलो र दोस्रो चरणको कोरोनाले भने पछि धकेलेको छ । जिल्लामा अहिले लकडाउन खुकुलो बनाइएको छ । बजार, यातायात, कार्यालय सुञ्चालन भएका छन् । मानिसको दैनिकी लगभग सामान्यजस्तै बनेको छ । तथापि खेलकुद क्षेत्र भने अभैm सक्रिय हुनसकेको छैन । जिल्लामा कोरोनाको जोखिम कायमै रहेकाले खेल गतिविधि शून्यकै अवस्थामा छ । स्थानीय प्रशासनले कोरोनाको जोखिम कायमै रहेकाले खेलकुद क्षेत्रलाई खुकुलो नबनाएको बताएको छ ।

    अर्कोतर्पm नेपालगञ्ज रङ्गशालाको व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद् आफैँले गर्ने भएको छ । राजधानीभन्दा बाहिरका खेलकुदका भौतिक पूर्वाधार प्रदेश वा स्थानीय सरकारलाई दिनुपर्ने माग बढिरहेको बेला राखेपले नियमावली परिमार्जनको मस्यौदा बनाएर देशका प्रमुख सहरका ठूला भौतिक पूर्वाधार आफू मातहतमा राख्ने निष्कर्षमा पुगेको हो । नेपालगञ्जमा भएको पत्रकार सम्मेलनमा राखेप सदस्य गोविन्द भट्टराईले नियमावलीको मस्यौदामा नेपालगञ्ज, धनगढी, महेन्द्रनगरलगायत देशका प्रमुख सहरमा रहेका संरचना आफैँै मातहत राख्न प्रस्तावित गरिएको बताउनुभयो । यसअघि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्ज रङ्गशालालगायतका खेलकूदका पूर्वाधार व्यवस्थापनको जिम्मेवारी दिन माग गर्दै आएको थियो । यद्यपि मस्यौदाबारे अझै खेल क्षेत्रका सरोकारवालाबीच छलफल भइनसकेको उहाँले बताउनुभयो । रासस ।

  • १७ भाद्र २०७८, बिहीबार १६:३४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु