बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस – Dastabej

बाघको आक्रमणबाट जोगाउन विद्यार्थीलाई बस


  • दस्तावेज

  • बर्दिया । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् ।बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सहायक क्याम्पस प्रमुख रुद्रबहादुर खड्काले बताउनुभयोे । हाल कोभिड–१९ का कारण क्याम्पस सञ्चालन नभए पनि शुक्रबारदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षालाई सहज हुुने उल्लेख गर्दै उहाँले बस सेवालाई मधुवन नगरपालिकाको सूर्यपटुवा ओराली हुँदै बगनाह क्यामपससम्म पु¥याइने जानकारी दिनुभयो । (रासस)

  • १७ भाद्र २०७८, बिहीबार १६:३९ प्रकाशित

  • Nabintech
  • १. नेपालगन्ज एयरपोर्टः बिमान स्थल कि बन्यजन्तु संरक्षण क्षेत्र ? दुई महिनामा तीन पल्ट जहाजमा बन्यजन्तु ठोक्किए
  • २. कता हराए प्रहरीले पक्राउ गरेको २ ट्रक गोरु ?
  • ३. नेपालगन्जमा “सूर्यवंशी” हेर्न दर्शकको ओइरो
  • ४. बर्दियाकी एकली थारु महिला वडाध्यक्ष
  • ५. बाघले फेरि लियो बर्दियामा एक जनाको ज्यान
  • ६. नेपालगन्जबाट गएको बस जाजरकोटमा दुर्घटना : ५ को मृत्यु, २७ जना घाइते
  • ७. आधा मुल्यमा धान बिक्री गर्न बाध्य किसान