अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर – Dastabej

अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर


  • दस्तावेज


  • बाँके । नेपालगन्ज उपमहानगरपालिकाले नेपालगन्ज क्षेत्रमा डान्स बार, मसाज पार्लर लगायतका मनोरन्जन क्षेत्र सन्चालन गर्ने बाटो खोलेको छ । त्यसका लागि नगरपालिकाले मनोरन्जन तथा सत्कार सेवा क्षेत्र व्यवस्थापन तथा अनुदानका लागि निर्देशिका निर्माण गर्न सुरु गरेको छ । उक्त निर्देशिकाले नेपालगन्जमा डान्स बार, मसाज, क्याबिन रेन्टुरेन्ट लगायतका मनोरन्जनका क्षेत्रहरुको व्यवस्थापनमा जोेड दिने छ । त्यस्तै, मनोरन्ज क्षेत्रले पालना गर्नुपर्ने आचारसंहिताहरु निर्देशिकामा समेटिने छन् । नेपालगन्जमा डान्स बार र मसाज सेन्टर हालसम्म छैन । नेपालगन्जलाई आर्थिक हबका रुपमा विकास गर्न मनोरन्जन क्षेत्रले उलेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । मनोरन्जन क्षेत्रमा डान्स बार, मसाजसंगै रेष्टुरेन्ट, दोहोरी साँझ, क्याविन रेष्टुरेन्ट, खाजा घर र होटललगायतका क्षेत्रलाई समेटिएको छ । त्यस्तै मनोरन्जन क्षेत्रमा काम गर्ने कर्मचारीहरुको व्यवस्थापन, उनीहरुले पाउने पारिश्रमिकलगायतका विषय निर्देशिकामा उल्लेख गरिने छन् । जिल्ला प्रशासन, अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था, होटल व्यवसायी संघ, नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी सहितको छलफलमा मस्यौदालाई छिटो भन्दा छिटो अन्तिम रुप दिएर जारी गर्नुपर्नेमा जोड दिइएको छ ।

    त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाले मानव वेचविखन तथा ओसारपसार नियन्त्रण स्थानीय समितिको आयोजनामा बिहिवार मनोरन्जन क्षेत्रमा काम गर्ने कर्मचारीहरुको सेवासुविधा, उनीहरुमाथि हुनसक्ने श्रमशोषण र कर्मचारी व्यवस्थापन लगायतका बिषयलाई लक्षित गरी निर्देशिकाको प्रारम्भिक मस्यौदामाथी छलफल गरेको छ । उक्त छलफलमा मनोरन्जन क्षेत्रमा काम गर्ने कर्मचारीहरुको अधिकार, मनोरन्जन क्षेत्रले पालना गर्नुपर्ने न्युनतम शर्तका बारेमा चर्चा गरिएको छ । मनोरन्जन क्षेत्रमा कार्यरत कर्मचारीहरुको अधिकार, सेवासुविधा, आचारसंहित लगायतका बारेमा नेपालगन्ज उपमहानगरपालिकाका उपसचिव शोभा शाह, माईती नेपाल नेपालगन्जका कार्यक्रम संयोजक केशव कोईराला, अधिकारकर्मी कमला पन्त लगायतले सहजिकरण गरेका थिए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले मनोरन्जन क्षेत्रमा व्यवस्थित बनाउन जरुरी भएको बताए । माईती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले मनोरन्जन क्षेत्रमा साना होटेल, रेष्टुरेन्ट लगायत पर्ने भएकाले त्यहाँ कार्यरत जनशक्तिको व्यवस्थापन र उनीहरुको अधिकारलाई निर्देशिकामा समेट्न सुझाव दिएको बताए ।

  • १७ भाद्र २०७८, बिहीबार १७:५० प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ