अमेरिकामा आइडा आँधीसँगै भीषण बाढी, ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु – Dastabej

अमेरिकामा आइडा आँधीसँगै भीषण बाढी, ३ नेपालीसहित कम्तीमा ४६ जनाको मृत्यु


  • दस्तावेज

  •  

    नेपालगन्ज ।— अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।


    न्युजर्सीमा आएको बाढी । तस्बिरः रोयटर्स
    सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका आङगेलु लामा, श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको एसोसियसनले जनाएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार न्युयोर्क र न्यु जर्सीमा भारी वर्षा भएको छ । न्युयोर्कमा मात्रै बाढीमा परी १४ जनाको मृत्यु भएको छ । त्यसमध्ये ११ जनाको बेसमेन्टमा डुबेर मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।त्यसैगरी न्युजर्सीका गभर्नर फिल मर्फीका अनुसार राज्यमा बाढीका कारण २३ जनाको मृत्यु भएको छ । तीमध्ये अधिकांशको गाडी बाढीमा डुबेको पनि उनले जानकारी दिएका छन् । त्यस्तै पेन्सिल्भानियामा ५ जनाको मृत्यु भएको छ भने मेरिल्यान्ड र भर्जिनियामा समेत बाढीले ठूलो क्षति पुर्‍याएको बताइएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले न्युजर्सी र न्युयोर्कमा आपत्काल घोषणा गरेका छन् । उनले दुवै राज्यमा उद्धार र राहतका लागि संघीय सहयोग गर्न पनि आदेश दिएका छन् । न्युयोर्कमा सन् १९२७ पछि ठूलो वर्षा भएको हो । सेन्ट्रल पार्कमा ७।१३ इन्चसम्म वर्षा रेकर्ड भएको थियो । अमेरिकाको राष्ट्रिय मौसम सेवाका अनुसार सन् १९२७ मा ३.८४ इन्च वर्षा भएको थियो ।

    चार राज्यमा भएको मानवीय क्षति
    न्यूजर्सीका गभर्नर फिल मर्फीले आफ्नो राज्यमा कम्तीमा २३ जनाको निधन भएको बताएका छन्। त्यसमध्ये अधिकांश पानीको तह बढेपछि आफ्नै सवारीसाधनमा फसेका थिए।  न्यूयोर्क सहरमा कम्तीमा १४ जनाको ज्यान गएको छ। त्यसमा एकजना दुई वर्षका बालक पनि छन्। मारिनेमा ११ जना भवनहरूका सबैभन्दा तल्लो तलामा डुबेका थिए। पेन्सलभेनियाको फिलडेल्फिया नजिकै तीनजना र कनेटिकटमा एकजनाको निधन भएको छ।

    समुद्री आँधीको आवृत्ति र त्यसमा जलवायु परिवर्तनको असर कति पर्छ भन्नेबारे अझै स्पष्ट छैन। तर के चाहिँ निश्चित छ भने समुद्री सतहको तापक्रम बढ्दा त्यसमाथिको हावालाई तताउँछ र तुफान, चक्रवात र समुद्री हुरी अर्थात् टाइफून उत्पन्न गर्नका लागि शक्ति प्रदान गर्छ। त्यस्तो अवस्थामा त्यस्ता प्रवृत्तिहरू धेरै विनाशकारी हुने र चरम वर्षा गराउने सम्भावना रहन्छ।  औद्योगिक युग सुरु भएयता विश्वमा ‍औसत १।२ डिग्री सेल्सिअस तापक्रम वृद्धि भइसकेको छ। उत्सर्जन कटौतीमा विश्वभरिका सरकारहरूले काम नगरे यो क्रम निरन्तर रहने देखिन्छ।न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले मौसम विज्ञहरूको आलोचना गर्दै उनीहरूको पूर्वानुमान केही मिनेट भित्रै नराम्ररी गलत साबित भएको बताए। उनले मौसमविद्हरूले एक दिनमा ३ देखि ६ इन्चसम्म पानी पर्छ भनेकोमा सेन्ट्रल पार्कमा एक घण्टामै ३.१५ इन्च पानी परेको बताए। न्यूयोर्ककी गभर्नरले पनि त्यहाँ नायग्रा फल्स झरनानै खसेको जसरी पानी परेको बताएकी छन्। त्यहाँका बासिन्दाहरूले आफ्नो क्षतिको विवरण लिइरहेका छन्। न्यूयोर्कका सडकहरूमा पानी भरिएको छ भने धेरैतिर रेलसेवा अवरूद्ध छ। कैयौँ उडानहरू रद्द भएका छन्। स्रोतःसीएनए, बिबिसी, इकान्तिपुर

  • १८ भाद्र २०७८, शुक्रबार १३:४४ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु