काठमाडौं । काठमाडौं महानगरपालिका ९ अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ सय ७० ग्राम सुन जस्तो देखिने धातु सहित डोल्पा ठुलो भेरी नगरपालिका(७ घर भएका ३३ वर्षीय बिष्णु बहादुर शाहीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबाईको विमानबाट आएका शाहीलाई विमानस्थल भन्सार कार्यालयको एक्सरेमा प्रहरीले जाँच गर्ने क्रममा लगेजभित्र ईमरजेन्सी लाईटमा लुकाई ल्याएको उक्त धातु सहित पक्राउ गरेको हो । साथै उक्त धातु लिन आएका स्याङ्जा पुतली बजार घर भएका ३८ वर्षीय भुपेन्द्र पौडेललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।