पहिरोमा पुरिएर ६ जनाको मृत्यु तथा सडक अवरोध - Dastabej

पहिरोमा पुरिएर ६ जनाको मृत्यु तथा सडक अवरोध


  • दस्तावेज

  •  

    काठमाडौं । पर्वत, कुश्मा नगरपालिका-३ दुर्लुङ भोगेनी बस्ने माधब शर्माको घरमा गएराति पहिरो जाँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनकै आमा ७५ वर्षीय कौशिला पौडेल, उनकै नातिनीहरु १६ वर्षीया बिमला पौडेल र ११ वर्षीया बिनिता पौडेल रहेका   छन् । जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले हाल वेपत्ता भएका २ जनाको खोजी गरिरहेको छ । यसैगरी पर्वत, मोदी गाउँपालिका-५ अम्बोटमा बस्ने ५० वर्षीया फुलमाया थापाको पहिरोमा पुरिएर बिहीबार राति मृत्यु भएको छ । सोही ठाउँमा ओखलढुङ्गा सामुदायीक बनबाट पहिरो गई थापाको टहरो बगाउँदा उक्त टहरोमा पुरिएर उनको मृत्यु भएको हो । हाल पहिरोबाट भएको क्षतिको विवरण खुल्न सकेको छैन् ।

    यसैगरी पर्वत, कुश्मा नगरपालिका-११ सिल्मि बस्ने मनिलाल पौडेलको घरमा गए राति पहिरो जाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा उनको घरमा पाहुना आएका मोदी गाउँपालिका-७ राम्जा घर भएका ३८ वर्षीय दुर्गा पौडेल र उनकै छोरा ६ वर्षीय गणेश पौडेल रहेका छन् । पहिरो परेर उनीहरु बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला पारेको हो । कास्की, पोखरा महानगरपालिका-२२ कालिमाटी, ठुलढुङ्गा र कुभिण्डेस्थित सिद्धार्थ राजमार्ग बिहीबार राति पहिरो जाँदा पोखरा स्याङ्जा सडक खण्ड पूर्ण रुपमा अवरोध भएको छ । पहिरो गएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले सडक खुलाउन पहल गरिरहेको छ । घटनास्थलमा नजिकैको प्रहरी कार्यालयबाट तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै पहिरोमा परेर बेपत्ता भएकाको खोजी कार्य समेत गरिरहेको छ ।

  • १८ भाद्र २०७८, शुक्रबार १४:०८ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा