पोखरा — पर्वतको कुश्मा नगरपालिक–३ दुर्लुङमा शुक्रबार बिहान गएको पहिरोमा परी एकै परिवारका ५ जना र अन्य स्थानमा गएको पहिरोमा थप ५ जना गरी १० को मृत्यु भएको छ । पहिरोमा परी एक ज्येष्ठ नागरिक बेपत्ता भएका छन् । पहिरोले माधव शर्माको घर पुरिँदा उनकी ७५ वर्षकी आमा कौशिला पौडेल, श्रीमती ३५ वर्षकी भगवती, दुई छोरीहरु १६ वर्षकी बिमला र ११ वर्षकी विनिता र ९ वर्षीय छोरा विनोदको मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।
थै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजेतिर आएको पहिरोले घर पुर्दा ४० वर्षीया मायाकुमारी पौडेल र उनका ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको घलेले बताए । उनका अनुसार मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । साथै पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ ।
त्यस्तै कुश्मा–११ पकुवा ताल्चेमा शुक्रबार बिहान ९ बजे गएको पहिरोले घर पुरिदा ४० वर्षीया मायाकुमारी पौडेल र ३ वर्षका छोरा प्रयुशको मृत्यु भएको छ भने मायाकुमारीकी सासू ७० वर्षकी डल्ली पाध्या पौडेल पहिरोमा बेपत्ता भएकी छन् । पर्वतकै मोदी गाउँपालिका–५ आम्बोटमा घरमाथिबाट आएको पहिरोले पुरिएर ५० वर्षकी फूलमाया थापाको मृत्यु भएको छ । पहिरोले बिहीबारदेखि नै बिद्युत र सञ्चार सम्पर्क समेत विच्छेद छ ।