आज गिद्ध दिवसः बाँकेमा देखिन थाले लोपउन्मुख गिद्ध – Dastabej

आज गिद्ध दिवसः बाँकेमा देखिन थाले लोपउन्मुख गिद्ध


  • दस्तावेज

  • बाँके— बासस्थान र विषादीले नासिँदै गएको ‘प्राकृतिक कुचीकार’ का रुपमा चिनिने गिद्ध बााँकेको पुर्बी क्षेत्रका सामुदायिक वन र बाँके निकुन्जमा मा देखिन थालेका छन् । गिद्धको झुण्ड करिव डेढ दशक यता पहिलो पल्ट देखिन थालेको स्थानीयले बताए । गत वर्ष राप्ती सोनारीको कचनापुर क्षेत्रका जंगलमा करिव एक दर्जन गिद्धको गुँड देखिएको थिया् । नरैनापुर गाउँपालिकाको मटेहियास्थित गणपति सामुदायिक वन आसपास गिद्ध देखिन थालेको स्थानीयले बताए ।
    घरपलुवा जनावरको उपचारमा प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधी, बासस्थानको अभावले गिद्ध नासिदैँ गएको छ । दुई दशकअघि जिल्लामा गिद्धको संख्या उल्लेख्य रहेको जानकारहरु बताउँछन् । ‘गिद्ध नदेखेको धेरै बर्ष भएको थियो । करिव १५ वर्षपछि फेरी देखिन थालेका छन्ं,’ ६५ वर्षीय कन्हैयालाल गोडियाले भने,‘पहिले सयौँको संख्यामा गिद्ध देखिन्थे ।’

    नेपालमा हाडफोर, सेतो, डंगर, सानो–खैरो, हिमाली, खैरो, राज र सुन गरी ८ आठ प्रजातिका गिद्ध पाइन्छन् । डंगर र सानो–खैरो गिद्ध लोपोन्मुख मानिन्छन् । जिल्लाको पुर्बी क्षेत्रमा देखिएका गिद्ध डंगर प्रजातिका रहेको संरक्षणका लागि सचेतना अभियान सञ्चालनकर्ताले बताएका छन् ।पशु चिकित्सकहरुका अनुसार डाइक्लोफेनेक नामक औषधी लगाएका जनावरको सिनो खाएपछि गिद्ध मर्ने गरेको बताए । उक्त औषधीको प्रयोगले गिद्ध नासिँदै गएको छ । डाइक्लोफेनेक नामक औषधि प्रयोग गरिएको पशुको सिनो खाने गिद्ध मछ । हाल उक्त औषधी किन्न पाईदैन ।

    सरकारले पनि डाइक्लोफेनेक औषधी बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । जनावरको उपचारमा त्यस्को विकल्पमा थुप्रै औषधि निर्माण भइसकेको पशु चिकित्सकहरु बताउँछन् । २०६६ सालमा बाँकेलाई पनि डाइक्लोफेनेक औषधि मुक्त जिल्ला घोषणा गरिएको थियो । त्यस्मा प्रतिबन्ध लगाइएपछि पुर्बी क्षेत्रका सामुदायिक वनमा गिद्ध देख्न थालेको अभियानकर्ताहरुको दाबी छ । वातावरण तथा ग्रामिण विकास केन्द्रकाले गिद्ध संरक्षणका लागि जिल्लामा अभियान चलाएको थियो । केन्द्रका भुपाल नेपालीले बाँके निकुन्ज र पुर्बी क्षेत्रको वनमा गिद्ध देखिने गरेको बताए । उनले बाँके निकुन्जमा सेतो र डंगर प्रजातीका गिद्ध बाँकेमा बढेको जनाए । उनका अनुसार नेपालमा करिव २० हजार गिद्ध रहेको अनुमान छ । प्रत्येक वर्षको सेप्टेम्बर ३ तारिखका दिन दिवस मनाइने गरिएको छ । वाइनाकुलरको सहायताले हेड काउन्टका आधारमा सङ्ख्या पत्ता लगाइन्छ ।

  • १८ भाद्र २०७८, शुक्रबार १६:१५ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु