बाँके । वातावरण तथा ग्रामिण विकास केन्द्र (ईन् रुडेक) ले भेरी अस्पताल नेपालगन्ज, बर्दिया अस्पताल र बाँके बर्दियाका १६ पालिकालाई करिव २ करोड बढी मुल्यको स्वास्थ्य समाग्री सहयोग गरेको छ । कोरोना संक्रमणका विरामी र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य समाग्री सहयोग गरिएको हो । अस्पतालहरुलाई पीपीई, कोरोनाका विरामीहरुलाई उपचार गर्ने बेडका लागि मोनिटर, पल्स अक्सि मिटर, मास्क, सिनिटाइजर लगायका स्वास्थ्य समाग्री सहयोग गरिएको इन्रुडेकका कोरोना रेसपोन्स परियोजनाका फोकल पर्सन रितु बरालले बताईन ।
त्यस्तै पालिकाहरुलाई ५० बेडको आइसोलेनका लागि आवश्यक पर्ने स्वास्थ्य समाग्री सहयोग गरिएको छ । पछिल्लो समय कोरोना संक्रमण बढ्न थालेपछि बाँके र बर्दियाका पालिकाहरुलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको इन् रुडेका अध्यक्ष धर्मलाल रोकायले बताए ।