डा. बद्री केसीको नेतृत्वले एनआरएनए अभियान सशक्त  हुन्छः डिबी क्षेत्री, उपाध्यक्ष पदका प्रत्यासी, एनआरएनए – Dastabej

डा. बद्री केसीको नेतृत्वले एनआरएनए अभियान सशक्त  हुन्छः डिबी क्षेत्री, उपाध्यक्ष पदका प्रत्यासी, एनआरएनए


  • दस्तावेज

  • काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा दसौं महाधिवेशनका लागि ओमानबाट उपाध्यक्ष पदका प्रत्यासी डिबी क्षेत्रीले अध्यक्षका प्रत्यासी तथा वर्तमान एनआरएनएका उपाध्यक्ष डा बद्री केसीसँग काम गर्दा आफ्ना मुद्दाहरुको सुनुवाइ हुने बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६५ औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै प्रवक्ता क्षेत्रीले आफूले ७र८ वर्षदेखि काम गर्दै जाँदा कामबाट प्रभािवत भएरै डा. केसीसँग नजिकता रहेको बताएका हुन । उनले भने,’कोरोनाको बेला सर्वसम्मत हुनुपर्छ भनेर कतै लागेको छैन। तर काम गर्दै जाँदा सशक्त ढंगले सबै साथीहरुको साथ माग्दै जाँदा बद्री केसीसँग मेरो नजिकता छ, भोलि कोको आउनुहुन्छ त्यो हेर्न बाँकी छ।’ डा. केसीसँग वैदेशिक रोजगारका मुद्दा, हजारे अभियानलगायत विभिन्न उद्धार, राहतका कार्यदेखि परराष्ट्र, श्रममा सँगै काम गरेको हुनाले आफ्ना मुद्दाहरुको सुनुवाइ हुनेमा उनी विश्वस्त छन्  ।

    सोही सन्दर्भमा उहाँले ‘म उम्मेद्वार हो। म उम्मेद्वार हुँ र तपाईको मायाले जित्नेछु’ भन्दै आफू एनआरएनको उपाध्यक्षको प्रत्यासी भएको पनि जनाए । यस्तै, बहसमा तपाई बद्री केसीको उम्मेद्वार हो भन्ने प्रश्नमा उनले भने, ‘अहिलेसम्म आधिकारिक रुपमा कसैको चर्चा छैन तर म गैर आवासीय संघको एउटा सशक्त टिममा रहने छु।’ अनलाइनमार्फत भएको सो बहस कार्यक्रममा आफू बन्धुवा मजदुरको समयका मानिस नभई आफ्नो हक अधिकार र विचार मिल्ने नेतृत्वतिर लाग्न पाउनु पर्ने उहाँले जिकिर गरे । ‘हामी बन्धुवा मजदुरका समयका मानिस होइनौं। हामीसँग हाम्रो अधिकार छु,’ उनले भने । आफ्नो राजनीतिक धार जुनसुकै भएपनि गैर आवासीय नेपाली संघमा राजनीतिलाई हाबी हुन नदिने दाबी गरे । उनले भने, ‘गैर आवासीय नेपाली संघमा मैले राजनीतिलाई आफ्नो तर्फबाट हस्तक्षेप हुन दिँदैन।’अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।

  • १८ भाद्र २०७८, शुक्रबार १७:३९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ