ब्राजिल र अर्जेन्टिनाको सजिलो जित – Dastabej

ब्राजिल र अर्जेन्टिनाको सजिलो जित


  • दस्तावेज

  • मोन्टेभिडियो — दक्षिण अमेरिकी विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिनाले शुक्रबार सजिलो जित निकालेका छन् । ब्राजिलले लगातार सातौं खेलमा जित निकाल्ने क्रममा चिलीलाई १–० ले हरायो । त्यसमा एभरटन रिबेरोले निर्णायक गोल गरे । ब्राजिलको सात खेलबाट अधिकतम २१ अंक छ । यस्तै भेनेजुएलालाई ३(१ गोलले पराजित गर्दै अर्जेन्टिना १५ अंकसाथ दोस्रो स्थानमा छ । अर्जेन्टिनाको जितमा लउटारो मार्टिनेजले पहिलो हाफमा पहिलो गोल गरेयता जोक्विन कोरेरा र एन्जेल कोरेराले एक–एक गोल थपे । भेनेजुएलाका तर्फबाट खेलको अन्त्यतिर एफरसन सोटेल्डोल पेनाल्टीबाट सान्त्वना गोल फर्काए । यस्तै पेरु र उरुग्वेले १–१ को बराबरी खेले । यसअघि इक्वेडरले पाराग्वेलाई २–० ले हराएको थियो भने बोलिभिया र कोलम्बियाले १–१ को बराबरी खेलेका थिए ।

  • १८ भाद्र २०७८, शुक्रबार २१:२३ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५. नेपाल भारत प्रमुख नाका खोल्ने सरकारी निर्णयः तर खुलेन नेपालगन्ज नाका
  • ६.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ७. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश