शिल्पा राज कुन्द्रासँग अलग हुने बलिउडमा चर्चा – Dastabej

शिल्पा राज कुन्द्रासँग अलग हुने बलिउडमा चर्चा


  • दस्तावेज

  • पोेर्नोग्राफी मुद्दामा व्यापारी राज कुन्द्रा पक्राउ परेको एक महिना भन्दा बढी भएको छ । यो मुद्दाबाट राजले तत्काल छुटकारा पाउने संभावना पनि छैेन । राजले पोर्नोग्राफीको व्यापार गरिरहेका छन् भन्ने सार्वजनिक भएपछि उनकी पत्नी तथा नायिका शिल्पा सेट्टी समेत आश्चर्यमा परिन् ।उनै, शिल्पाले पति राज कुन्द्रासँग अलग हुने सोच बनाइरहेको भारतीय मिडियाले उल्लेख गरेको छन् । बलिउड अनलाइन बलिउड हंगामाले शिल्पाकोे नजिकको साथीको भनाइलाई आधार मानेर उल्लेख गरेको समाचारमा शिल्पा राज विनाको जीवनको योजना बनाइरहेकी छिन् ।शिल्पा आफ्ना सन्तानलाई उनीहरुकोे पिताले गलत तरिकाले कमाई गरेको सम्पत्तीबाट अलग राख्न चाहन्छिन् । शिल्पा राजले कमाएको रकमबाट आफ्नो जीवन अगाडि बढाउन चाहन्नन् ।

    शिल्पा आफैले पनि रियालिटी शोबाट निक्कै राम्रो रकम आम्दानी गरिरहेकी छिन् । शिल्पालाई बलिउड चलचित्रको अफर पनि एकपछि अर्को रुपमा आइरहेको छ । यसैले पनि राजको सम्पत्ती विना नै आफ्नो जिन्दगी अगाडि बढाउन सकिन्छ भन्नेमा शिल्पा विश्वस्त छिन् ।आफ्नोे जिन्दगीलाई सुविधा सम्पन्न तरिकाले अगाडि बढाउन शिल्पालाई कुनै समस्या नरहेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यसैले पनि शिल्पा राजसँग अलग हुने सोचमा पुगेको मिडियाको दाबी छ । तर, यो बिषयमा शिल्पाले भने कुनै पनि भनाई सार्वजनिक गरेकी छैनन् ।

  • १८ भाद्र २०७८, शुक्रबार २३:१५ प्रकाशित

  • Nabintech
  • १. संयोग कि अन्धबिश्वास ? ‘गुरुवाको तन्त्रमन्त्रपछि राप्ती सोनारीमा रोकियो बाघको आतंक ’
  • २. ५ लाख भारु दिएर भारतमा नेपाली महिलाका ‘कोख भाडामा’
  • ३. चार दिनदेखि बाघले गरेन राँगाको शिकार, नियन्त्रणको प्रयास भयो बेकार
  • ४. खजुरा घुम्न गएकी १८ वर्षीया किशोरीमाथि बलात्कार
  • ५. ब्रेकिङ न्युजः बाघलाई खुर्पाले प्रहार गरी महिला बाँच्न सफल (भिडियो)
  • ६. बाँके प्रहरीद्धारा खजुरा बलात्कार घटना सार्वजनिक
  • ७. राप्तीसोनारीको जङ्गल राजमार्गमा लुटपाट गर्न खोज्ने ६ पक्राउ