काठमाडौ बिमानस्थलमा कडा सुरक्षा जाँचबीच कसरी आयो नेपालगन्जसम्म ४ किलो बढी सुन ? मिलोमतोको शंका – Dastabej

काठमाडौ बिमानस्थलमा कडा सुरक्षा जाँचबीच कसरी आयो नेपालगन्जसम्म ४ किलो बढी सुन ? मिलोमतोको शंका


  • सुनिल रेग्मी

  • नेपालगन्ज । काठमाडौस्थित त्रिभुवन बिमान स्थलमा प्रवेश गर्नुअघि यात्रु जाँचका लागि प्रहरी तैनाथ छन् । यात्रुको सुरक्षा जाँच गर्न सेन्सर राखिएको छ । यात्रुका झोला लगायतका समानहरु सुरक्षा जाँचका लागि एक्सरे मेसिन छ । सुरक्षा जाँचपछि यात्रुहरु सम्बन्धित एयरलाईन्सको टिकट काउन्टरसम्म पुग्छन् । त्यहाँबाट जहाज चढ्नका लागि यात्रु बिश्राम कक्ष पुग्नु अगावै फेरि पनि एक्सरे मेसिन । झोलाहरु एक्सरे मेसिनमा राखेर सुरक्षा जाँचका लागि प्रहरीले शरीरको खानतलासी लिन्छन् । तर यति कडा सुरक्षा जाँच हुने काठमाडौंको त्रिभुवन बिमानस्थलबाट  यति ठूलो परिणाम करिव ४ किलो  काँचो सुनसहित आएका२ युवा नेपालगन्ज बिमान स्थलमा पक्राउ परेपछि सुन तस्करी घटनालाई रहस्यमय बनाई दिएको छ । जानकारहरुका अनुसार बिमानस्थलमा तैनाथ सुरक्षाकर्मीहरुको मिलोमतो बिना सुन तस्करी सम्भव छैन, त्यो पनि किलोका किलो । यसले त्रिभुवन बिमानस्थलको सुरक्षाप्रति शंका उत्पन्न गराएकोछ ।

    काठमाण्डौबाट नेपालगन्ज आएको श्री एयर लाएन्सको फ्लाईट नं SHA 433 नं को जहाजबाट शुक्रबार २ बजेको समयमा नेपलगन्ज आएका  झापा खादुनावारी  ६ का अमिरलगुन विश्वकर्मा र मोरङ लेटाङ २ बस्नेका बुद्दीमान खाती ३ बजे पक्राउ गरिएको थियो । नेपालगन्ज विमास्थलको आगमन कक्ष वाहिरपट्टी संकास्पद रुपमा रहेको अवस्थामा प्रहरी टोलीले फेला पारी उनीहरुसंग सोधपुछ गर्दै तलासी लिएको थियो ।  समान्य तलासी गर्दा तलासी गर्दा विश्वकर्माले लगाएको दाँयाबाँया जुत्तामा २।२ विस्कुट र बुद्धिमान खातीले लगाएको दाँयावाँया जुत्ताको तलुवामा १।१ पिस विस्कुट गरि जम्मा ६ थान विस्कुट काँचो सुन ३ किलो ९९४ ग्राम र बुद्धिमान खातीले बोकेको लेदरको कालो रंगको झोला चेकजाँच गर्दा तिलहरी थान १, वाला थान १, गणेश लकेट ५ थानको तौल २७.९ ग्राम गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए । उनले बरामद गरिएको सुन अनुसन्धानका लागि राजस्व विभागमा बताउने जनाए । काठमाडौ बिमानस्थलमा दुईदुई वटा सेन्सर र एक्सरे मेसिन र शरीरकमो खानतलासी गर्दा पनि सुन बारे सुरक्षाकर्मीले थाहा नपाउने तर नेपालगन्ज बिमानस्थलमा नाँगो आँखाका भरमा शंका गरेर तलासी गर्दा सुन भेटिनुले घटना थप रहस्यम बनेको हो ।

  • १९ भाद्र २०७८, शनिबार १०:०२ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त