४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिए का बर्दिया डाँफेका बले भन्छन्,यो सब ‘तकदिर’ – Dastabej

४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिए का बर्दिया डाँफेका बले भन्छन्,यो सब ‘तकदिर’


  • दस्तावेज

  • काठमाडौँ — उमेरमा ५५ छेक लागेका बर्दियाका बले क्षत्री भण्डारी आफ्नो विगत उति राम्रोसँग सम्झन सकिरहेका थिएनन् । आठवर्षे उमेरमा घरबाट निस्केका उनी ४७ वर्षपछि पाकिस्तानको कराँची जेलमा भेटिए । चार वर्षभन्दा बढी जेल बसेपछि र उनको नेपाली पहिचान खुलेपछि जीवनमै पहिलो पटक ठूलो जहाज चढेर सोमबार राति कराँचीबाट काठमाडौं आइपुगे । ‘यो सबै तकदिर होला,’ हिन्दी लवज मिसिएको बोलीमा बले काठमाडौं उत्रनासाथै धेरै कुरा सुनाउन हतारिएका थिए, ‘म बाटो भुलेरै कहिले मद्रास पुगें, कहिले बम्बै गएँ । केरला पुगें, रेलगाडी चढेर घर फर्कन बाटा लागेको थिएँ, गुजरात पुगेछु ।’ यतिका वर्षपछि बले पहिलो पटक जहाज चढेर आफ्नै देशको राजधानी पनि पहिलो पटक नै आइपुगे । तर, यहाँ उनलाई चिन्ने दाजुभाइ, बाबु वा आफन्तजन कोही थिएनन् ।पाकिस्तानको नेपाली दूतावासले गरेको खोजीनिती र बले क्षत्री भण्डारीको थातथलोको प्रमाणीकरणपछि उहिल्यै हराएको जेठो दाइ घर फर्कंदै छन् भन्ने थाहा भएर सोमबार राति नै माइला भाइ गुमानसिंह काठमाडौं विमानस्थल त आइपुगे । तर, दाजुभाइलाई एकअर्काको नाम बोलाएर चिनाइदिनुपर्ने अवस्था आइपर्‍यो । ‘ओहो, गुमाने १ मेरो भाइ,’ थकित मुद्रामा सोफामा बसिरहेका दाइ बलेले भाइ भेट्नासाथ अँगालोमा लिए र, सोधे– ‘तैंले त बिहा गरिस् नि रु’

    अनि एकअर्काको दुःखसुख सोधिहेरे । ‘दाइ, तिमीलाई ९७ वर्षका बाबुले खुबै सम्झन्छन्, सोधिरहन्छन्,’ गुमानले घरतिरको खबर सुनाउन थाले, ‘तिमी यतिका वर्षपछि जीवितै भेटिएको र घर फर्कन लागेको सुनेर बाबुले यो कुरो पत्याएकै छैनन् ।’ यो खबर नसिकिँदै बलेले प्रतिप्रश्न गरिहाले, ‘होइन, हाम्रा बा बाँचेकै छन्  ? ’ छिनभरमै बर्दियामा बस्ने कान्छा भाइलेदाजु बलेको स्वर सुन्न र स्वागत गर्न अर्का दाइ गुमानको फोनमार्फत बोल्न चाहे । ‘को सुरेन्द्र रु मेरो भाइ पनि छ र रु,’ माहोल झन् नसोचेको बन्यो, घरको जेठो छोरो बलेले ८ वर्षकै उमेरमा घर छाडेपछि मात्रै कान्छो भाइ जन्मेको रहेछ ।

    ४७ वर्षपछि कराँची जेलमा भेटिए बलबहादुर
    ‘म नेपालगन्जको ठूलो डाँफेस्थित सीता राना दिदीकामा काम गर्न र पढ्न गएको थिएँ, त्यहाँबाट राजापुर पनि गएँ । त्यसको केही वर्षमै चिनारु डा। सरोज राणा भन्नेको आफन्तकहाँ काम गर्न भारतको केरला पुगेको थिएँ,’ बाल्यकालीन स्मृतिमा डुबेका थिए बले । ‘तर, जतै गए पनि मेरो तकदिरमा झाडुपोचा, भाँडावर्तन र घरको सरसफाइ मात्रै परेपछि म केरलाबाटै घर आउनका लागि रेलगाडीमा भागेको थिएँ तर मद्रास पो आइपुगेछु,’ उनले सम्झिए । मद्रासमा पनि होटलमा भाँडा माझ्ने काम गरिरहेकै बेला घरको सुर्ता र गाउँठाउँको सम्झनाले तानिएर उनी फेरि बाटा लागेका रहेछन् । तर, यो पटक पनि उनी बम्बै मात्रै पुग्न सके । बम्बैमा छँदै बोटलाइन ९पानीजहाज० को काम अलिकति सिकेपछि एक जना साथीको लहैमा उनी गुजरात पुगेका रहेछन् ।

    ‘गुजरातमा पनि सुरुमा चौकीदारी गर्दै थिएँ, चियादोकानमा पनि काम गर्थें,’ बलेले सम्झे, ‘ठूलो जहाजमा चढेर माछा मार्न गएमा एक पटकको १५ हजार भारु आउँछ भनेर साथीले भन्यो, अनि म बोटमा उक्लिएँ ।’ जहाज पनि कस्तो भने जता हेर्‍यो त्यतै पानी देखिने । समुद्रमा १५ दिनजति जहाजमा मात्रै हिँड्नुपर्ने माछा मार्दै । हरेक ३ घण्टामा माछाको जाल तान्नुपर्ने, बिहान–बेलुकै माछा–रोटी अथवा चावल खानुपर्ने । यसरी सन् २०१७ भरमा उनले झन्डै ८० हजार भारु कमाएका रहेछन् । तर, त्यो हिसाब गर्नै नपाई सन् १८ को सुरुवातमा मछुवार बनेरै पाकिस्तानको कराँची जेलमा थन्किएका रहेछन् । ‘गुजरात छँदा पनि नेपाली कुरामा बोलचाल गर्न खुबै मन लाग्थ्यो, कहिलेकाहीं नजिकैका होटलमा जान्थें । त्यहाँ दाङतिरबाट आएका नेपालीहरू भेटिन्थे । अनि नेपालीमा कुरा गरेर मछुवार गल्लीमा बास बस्न जान्थें,’ उनी सम्झन्छन् । यी सबै भेटघाट र कुराकानीमा जहिल्यै पनि बर्दिया घर फर्कन चाहेको इच्छा उनी सुनाइरहेका हुन्थे । ‘अरूले पनि यो सबै तकदिर हो, चिन्ता नगर । एक दिन तकदिर फर्कन्छ भन्थे,’ अनि बले मुसुक्क हाँसे र भने, ‘जेल परेरै भए पनि आफ्नो घर फिर्न पाएको छु । तकदिर फिरेजस्तै भो ।’

    कराँची जेलबाट उद्धार गरेर नेपाल ल्याइएका बले क्षत्रीको काठमाडौं–नेपालगन्जको घरफिर्ती टिकट तथा काठमाडौं होटलमा केही दिन क्वारेन्टाइन बसाइको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोरेको छ । किसान परिवारका भाइ गुमानसिंह भने ऋणधन गरेर महँगो हवाई टिकट तिर्दै सोमबार राति दाइलाई स्वागत गर्न काठमाडौं आइपुगेका हुन् । कराँची जेलमा ४ वर्षभन्दा बढी बस्दा पाकिस्तानी जेलर, अरू साथीभाइले खुबै माया गर्ने गरेको बलेले सुनाए । जेलमा पोते बुन्ने, सियो चलाउने जस्ता कामहरू रहेछन् ।तर, आँखा दुखेर त्यो पनि उनले गर्न चाहेनछन् । ‘तर, जेलका पाकिस्तानी दाजुभाइ सबैले कसैले ब्रस, कसैले पेस्ट वा साबुन किनिदिन्थे । मुर्गा र चावल पनि खान दिन्थे,’ जेल परे पनि पाकिस्तानीप्रति अनुग्रहीत थिए बले । पाकिस्तानसँग नेपालको ‘दोस्ती’ राम्रो रहेको कुरा उनले जेल छँदै आफूलाई गरिएको व्यवहारबाट थाहा पाएका रहेछन् । सन् २०१८ को अप्रिल महिनामा जेलमा रहेका बन्दीको सुनुवाइका निम्ति कराँची अदालतमा लगिँदा उनले ‘म नेपाली हुँ’ भनेपछि त्यही खबर इस्लामाबादको नेपाली दूतावास हुँदै बलेको पहिचान पुष्टि गर्ने काम अघि बढेको रहेछ ।

    बलेका अनुसार, समुद्रमा माछा मार्ने एउटा जहाजमा ६ जना हेल्पर हुन्छन्, ४ वर्षअघि पाकिस्तानी क्षेत्रमा पक्राउ पर्दा भने एउटै मालिकका ६ वटा जहाज र कामदार पक्राउ परेका रहेछन् । यसैगरी भारतमा माछा मार्दामार्दै पाकिस्तान पुगेका ५ सयभन्दा बढी मछुवार अहिले पनि कराँची जेलमा रहेको बलेले सुनाए । अहिले गुजराती, हिन्दी भाषामा पोख्त बनेका बले राम्रैसँग सम्झेर नेपाली भाषा बोलिरहेका थिए । जीवनमा तकदिरकै कारण ‘राम्रो केही गर्न नसकेको’ दुःखेसो थियो उनीसँग । कुराकानी सुनिरहेका भाइ गुमानसिंहतिर फर्केर फेरि बलेले सोधे, ‘हाम्रो जिमिन त छ नि, कि बेचेर खायौ रु’ खुसीको यो घडीमा भाइ गुमानसिंहले बर्दियाबाट बाँके बसाइँसराइ भएको, परिवार छुट्टिएकोबारे केही बताउनै चाहेनन् । बले क्षत्रीलाई के लाग्छ भने दुःखै पाएर सही, तर उनले जत्ति यो दुनियाँ कसैले देखेको छैन । तर, उनका बुझाइमा गरिब र नपढेको मान्छेलाई जताजतै गए पनि हन्डरबाहेक पाउनु केही छैन । ‘अरू कुरा त्यस्तै हो, म अब एक पटक भने गुजरात पोरबन्दर जान्छु होला,’ उनले सुनाए, ‘मैले मेरो यो सम्पूर्ण जीवनमा एक पटक सबैभन्दा बढी कमाइ गरेको थिएँ । सन् २०१७ सालभर माछा मारेको त्यो मेरो तनाखा ८० हजार भारु मानीष मौजी लोदार भन्ने जहाज मालिकले राखेको छ, म त्यो लिनैका लागि भए पनि गुजरात जान्छु ।’

    यो कुराकानी गरिरहेका बेला भाइ गुमानसिंह भने अलमलमै परेझैं गफ सुनिरहेका थिए । दाजु बले कहिले ‘अवसर मिलेमा अब बिहा गरिन्छ’ भनिरहेका हुन्थे, कहिले खेतीपाती गरेरै जीवन बिताउने इच्छा सुनाइरहेका हुन्थे । लामो कुराकानीको बिट मार्न बलेलाई प्रश्न गरियो, ‘तर तपाईंलाई बुबाले कसरी चिन्नुहुन्छ होला रु जेठो छोरो बले क्षत्री भण्डारी जीवितै रहेछ भनेर कसरी पत्याउनुहोला  ? ’ ‘के कुरा गरेको रु मेरा दुवै काखीमुनि काला कोठी छन् । मेरा बाले त्यही कोठी हेरेर पनि मलाई चिन्नुहुन्छ नि,’ बलेले ठूलो आशा र भरोसाको कुरा गरे ।  ईकान्तिपुरबाट 

  • १९ भाद्र २०७८, शनिबार १३:४८ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ