अफगानिस्तानः पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी – Dastabej

अफगानिस्तानः पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा आफू मजबुत रहेको दुवै पक्षको दाबी


  • दस्तावेज

  • तालिबानहरूले आफ्नो नियन्त्रणमा नरहेको पन्जशिर उपत्यकामा भइरहेको भीषण लडाइँमा उनीहरूले प्रतिरोधी फौजहरू विरूद्ध उपलब्धि हासिल गरिरहेको उनीहरूले बताएका छन्। तर प्रतिरोधी फौजका नेताहरूले तालिबानको दाबीलाई अस्वीकार गरेका छन्। पूर्व अफगान रक्षा मन्त्री बिस्मिल्लाह मोहम्मदीले पछिल्लो हमलामा इस्लामवादीहरूले ठूलो क्षति बेहोरेको जनाएका छन्। अमेरिकासँग मिल्दोजुल्दो धारणा राख्ने क्रममा शुक्रवार युरोपेली सङ्घ र ब्रिटेनले तालिबानले नयाँ सत्ता गठन गर्दा आफूहरूले मान्यता नदिने तर सञ्चारको ढोका खुल्ला राख्ने जनाएका छन्।

    परस्पर विरोधी धारणा
    तालिबान स्रोतले रोयटर्स समाचार संस्थालाई जानकारी दिए अनुसार उनीहरूले उक्त क्षेत्रमा नियन्त्रण कायम गरेका छन्। तर लडाइँमा सामेल प्रतिरोधी फौज यसलाई अस्वीकार गर्छन्। उक्त समूहका नेता पूर्व अफगान राष्ट्रपति अमरूल्लाह सलेहले परिस्थिति अप्ठेरो रहेको उल्लेख गर्दै प्रतिरोधी फौजहरूले निरन्तर लडिरहने बताए। बीबीसीलाई पठाएको भिडिओ सन्देशमा उनले दुवै पक्षमा क्षति भएको बताएका छन्। “अहिले हामी अप्ठेरो परिस्थितिमा रहेकोमा कुनै आशङ्का छैन्। हामी तालिबानको आक्रमणमा परेका छौँ। तर हामी आत्मसमर्पण गर्दैनौँ। हामी अफगानिस्तानको पक्षमा उभिएका छौँ।”


    तस्बिरको क्याप्शन,
    हजारौँले पन्जशिरको लडाँइमा भाग लिइरहेका छन्  उनले आफू देशबाट भागेको भन्ने विवरण खण्डन गर्दै मानिसहरूलाई आश्वस्त पार्न भिडिओ पठाएको जनाएका छन्। तर बीबीसीले स्वतन्त्रतापूर्वक उनको अवस्थिति पुष्टि भने गर्न सकेको छैन्। बीबीसी ।

  • १९ भाद्र २०७८, शनिबार १६:३६ प्रकाशित

  • Nabintech
  • १. मृत भेटिएकी छात्राको मोबाईलमा प्रिन्सपलको एसएमएस, बिद्यालयमा ढुंगामुढा, प्रिन्सपल पक्राउ
  • २. न्याय खोज्दै नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं पुगे बाँकेका महिला
  • ३. दिप ज्योतीका प्रिन्सपल पाण्डेबिरुद्ध आत्मा हत्या दुरुत्साहन मुद्दा दर्ता
  • ४. छात्रा ऐलिसा मृत्यु प्रकरणः प्रिन्सपललाई कारवाहीको माग गर्दै बिद्यालय घेराउ (भिडियो)
  • ५.  बाघको आक्रमणले आँखा गुमाएका बर्दियाका भदैलाई हलिउड अभिनेता लियोनाद्रो  डिक्याप्रियोको चस्मा
  • ६. २० दिन हिडेर काठमाडौं पुगेकी रुबीलाई २४ घण्टाभित्र उपस्थित गराउन प्रहरीलाई सर्वोच्चको आदेश
  • ७. नेपालिहरुलाई सताउंने १०जना नेपालगन्ज नाकाबाट पक्राउ