४ किलो सुन बैद्य कि अबैद्य ? राष्ट्र बैंकको कोड छैन, रिफाईन सुन हो– राजस्व अनुसन्धान, व्यवसायी तानिदै–प्रहरी – Dastabej

४ किलो सुन बैद्य कि अबैद्य ? राष्ट्र बैंकको कोड छैन, रिफाईन सुन हो– राजस्व अनुसन्धान, व्यवसायी तानिदै–प्रहरी


  • दस्तावेज

  • नेपालगन्ज । नेपालगन्ज बिमान स्थलबाट बाँके प्रहरीले पक्राउ गरेको  काठमाडौंबाट लुकाएर ल्याइएको करिव ४ किलो सुन बैद्य कि अबैद्य ? सर्वत्र चर्चा छ । पक्राउ परेका दुई जनाले सुन कारोबारी भएको दाबी गरिरहेका छन् । तर, प्रहरी प्रशासनले सुन खरिदको बैद्यतामा शंका जनाउँदै पक्राउ गरी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा बुझाएको छ । अनुसन्धान कार्यालयका अधिकारीहरुले दुई जनासंग बरामद भएको सुनको बैद्यता बारे अनुसन्धान सुरु गरिसकेको छ । राजस्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख सरोजकुमार पोखरेलका अनुसार नेपालगन्ज बिमान स्थलबाट पक्राउ गरिएको सुन खरिद गरिएको बील छ । तर त्यो सुन कहाँबाट किनिएको हो ? खुलाइएको छैन । व्यवसायीहरुले सुन राष्ट्यि बैक वा राष्ट् बैंकले तोकेको बैंकबाट मात्रै खरिद गर्न पाउँछन् । व्यवसायीले राष्ट् बैंकबाहेक अन्यबाट सुन खरिद गर्न पाउँदैनन् ।

    तर नेपालगन्जमा बरामद भएको सुन राष्ट् बैंकबाट नभई अन्यबाट खरिद गरिएको जस्तो देखिएको छ । राष्ट् बैंकले सुन बिक्री गर्दा निश्चित परिणाममा कोड नम्बरसमेत उल्लेख गरेको हुन्छ । तर प्रमुख पोखरेल अनुसार करिव ४ किलो सुन रिफाईन गरिएको बताए । उनले राष्ट् बैंकले उल्लेख गर्ने कोड नम्बर त्यसमा नरहेको जनाए । अनुसन्धानबाट खुल्दै जाने हो । तर राष्ट् बैंकको कोड नम्बर यसमा छैन, उनले भने, कहाँबाट किनिएको अनुसन्धानबाट खुल्छ । जिल्ला प्रहरी कार्यालयका बाँकेका प्रवक्ता मधुसुदन न्यौपानले सुन बरामद गर्दा भेटिएका बिल पनि अनुसन्धानका लागि पठाइएको बताए । जुनजुन व्यवसायीको नामबाट लि काटिएको छ उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउने उनले बताए । सुन चाँदी व्यवसायी संघ बाँकेका अध्यक्ष सलाहुद्दिन सिद्धिकीले उक्त सुन नेपाल ज्वेलर्स, नेपाल अभुषण ज्वेलर्स र सन्जित ज्वेलर्सले कानुनीरुपमा किनेर ल्याएको बताए । श्री एयरलाईन्सको जहाजबाट काठमाडौंबाट आएका झापाका अमिरलगुन विक र मोरंगका बुद्धिमान खाती सुन ४ किलो, ५ वटा लकेट र १ वटा सुनको बालासमेत पक्राउ परेका हुन ।उनीहरुलाई अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ ।

  • १९ भाद्र २०७८, शनिबार १८:२६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु