लुम्बिनी प्रदेश पर्यटन मन्त्री चौधरीले दिए विकासको आश्वासन – Dastabej

लुम्बिनी प्रदेश पर्यटन मन्त्री चौधरीले दिए विकासको आश्वासन


  • दस्तावेज

  • बाँके । लुम्बिनी  प्रदेशका पर्यटन, ग्रमिण तथा शहरी बिकास मन्त्री डिल्लीबहादुर चौधरीले राप्ती नदीको कुसुमदेखि अगैयासम्म र्याफ्टिङ्ग सन्चालन गर्ने बताएका छन् । जसबाट कमसेकम दुई तीन सय जनाले रोजगारी पाउने उनको छ । उनले राप्तिसोनारीको भुवारभवानी मन्दिरको दर्शनसमेत गरे । छोटो समय बोलेका मन्त्री चौधरीले भने, हामी पानी जहाजको सपना देखाउदैनौं, जनताको खेतखेतमा पानी पुर्याउनका लागि प्रयात्न गर्ने छौ । अब राप्तिको कटान होइन राप्तिको पानी उपयोग गर्ने योजनाका साथ काम गर्ने छौ । उनले अब रेल होइन, राप्तिसोनारी जस्तो बिकट ठाउँको सबै सडक बनाउने प्रयत्न गर्ने बताए । मन्त्री चौधरीले १६ महिने छोटो समयमै आप्mनो सरकारले बिकासको कामको शुरुवात् गरेर अगाडी बढ्ने अश्वासन समेत दिए । बिकास योजनामा मन्त्रलाय र प्रदेश सरकारले भ्याउनेसम्मको बजेट बिनियोजन गरेर सहयात्री बन्ने आश्वासन समेत उनले दिए । राप्ती सोनारीमा बाटो, पर्यटन, सिचाई र तटबन्धनको समस्या भएकाले ती योजनामा बजेट कमी हुन नदिने प्रतिबद्धता समेत जनाए ।

    नम्र शैलीबाट प्रस्तुत भएका मन्त्रि चौधरीले थारु संस्कार र सस्कृतिलाई इंगित गर्दै भने, पहिला पहिला राजारजौतालाई नाच देखाउने चलन थियो । अब हाम्रो संस्कार र संस्कृतिलाई बचाउँ र बेच भन्ने दिन आइसकेको छ । उनले थारु र मगरको रक्सिलाई ब्यापरीकरण गर्न सक्नुपर्ने बताए । मन्त्री चौधरीले बैजानाथ ७ को बैजानाथ मार्गमा पर्ने पेडारी बुढी नालामा भत्किएको पुलको अनुगमन समेत गरे । कोहलपुरका उपमेयर सन्जुकुमारी चौधरी र नेपाली काँग्रेसका महाधिबेशन प्रतिनिधि तथा थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष बिनोद थारुको अगुवाईमा गरेको पेडारी बुढी नालाको आनुगमनमा दशै पछाडि उक्त नालाको पुलको शिलान्यास गर्ने मन्त्रि चौधरीले प्रतिबद्धता जनाएका छन् । कोहलपुर र बैजानाथको सिमानाको पर्ने बैजानाथ मार्गमा उक्त पुल २० बर्ष देखि जिर्ण छ । नालामा आएको बाढीले एक दशक अगाडी पुल बगाएको थियो । पुल बगाउँदा बैजानाथ ७ पेडारीका नागरिकलाई गाउँपालिकामा सेवा लिन जाँदा सस्ति भोग्नु परेको छ, भने कोहलपुर १५ चन्नहवाका नागरिकलाई खेती किसानीका लागि आउजाउ गर्न निकै सास्ति भोग्नु परेको स्थानीयले बताएका छन् । उक्त क्षेत्रको सबै भन्दा पुरानो बाटोको रुपमा रहेको बैजानाथ मार्गको पुल निर्माणमा एक दशक सम्म कुनै पनि सरकारको आँखा नलाग्न सकेको पुलको शिलन्यास गर्ने मन्त्री चौधरीले बताए । स्थानीयहरुका अनुसार नालामा बाढी आयो भने एकदमै जोखिम मोलेर नाला टर्नु परेको बताएकाछन् । स्थानीयलाई मात्रै नभएर त्यो बाटो हिड्ने सबैलाई पुल नबन्दा सास्ती भोग्नु परेको छ ।

     

  • २० भाद्र २०७८, आईतवार १३:३३ प्रकाशित

  • Nabintech
  • १. साग की स्वर्ण पदक विजेता बाँकेकी सञ्जु चौधरी मृत अवस्थामा फेला
  • २. नेपालगन्ज उपमहानगरका जनप्रतिनिधिहरुलाई सपथ ग्रहणमा ‘अपमान’
  • ३. जो गठबन्धनसंग एक्लै भिडे
  • ४. उम्मेद्बार पन्तलाइ थप उपचारको लागि काठमाडौ लगियो
  • ५. पालिका अध्यक्ष पदका उम्मेदवार त्रिपाठीको ब्रान्मा काठको धुलो मिसाइएको भिडियो सार्वजनिक
  • ६. बाँकेको जानकीमा श्रीमान-श्रीमतीको आलोपालो नेतृत्व
  • ७. नेपाली काङ्ग्रेस बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेपालीको उम्मेदवारी दर्ता