विश्वकप फुटबल छनोटः ब्रजिल र आर्जेन्टिनाबीचको खेल सुरु भएको पाँच मिनेटपछि स्थगित – Dastabej

विश्वकप फुटबल छनोटः ब्रजिल र आर्जेन्टिनाबीचको खेल सुरु भएको पाँच मिनेटपछि स्थगित


  • दस्तावेज

  • बीबीसी ।  ब्रजिल र आर्जेन्टिनाबीच विश्वकप छनोट फुटबल खेल सुरु भएको केही मिनेटपछि स्थगित भएको छ। ब्रजिली स्वास्थ्य अधिकारीहरूले आर्जेन्टिनाका तीन खेलाडीले कोभिडसम्बन्धी क्वारन्टीनको नियम भङ्ग गरेको भन्दै विरोध गरेपछि नेपाली समयानुसार सोमवार बिहानको खेल रोकिएको थियो। अधिकारीहरू खेल रोक्न आएपछि आर्जेन्टिनाको टोली मैदानबाट बाहिरिएको थियो। खेलमा यो नाटकीय क्षण आउनु केही घण्टाअगाडि नै ब्रजिली अधिकारीहरूले इङ्ग्ल्यान्डमा खेल्ने चार खेलाडीले क्वारन्टीनमा बस्नुपर्ने बताएका थिए। ती चार खेलाडीको नाम सार्वजनिक गरिएको छैन। तर ईपीएलमा आर्जिन्टिनाका इमिलियानो बुएन्जा र इमिलियानो मार्टिनेज एस्टन भिलाबाट तथा योभानी लो सेल्सो र क्रिस्टियान रोमेरो टट्नम हटस्परबाट खेल्नछन्। बुएन्जाबाहेक अन्य तीन खेलाडीले ब्रजिलविरुद्धको खेल  खेल्न मैदानमा ओर्लिएका थिए। ब्रजिल र आर्जेन्टिनाको खेल अब कहिले हुने भनेर मिति तोकिएको छैन।

    सुरुमा खेल रोकिएपछि आर्जेन्टिनाका खेलाडी मेस्सीले विवाद समाधान गर्ने प्रयास गरेका थिए . आर्जेन्टिनाले सेप्टेम्बर १० मा घरेलु मैदानमा बोलिभियासँग खेल्नेछ। फिफाले खेल निलम्बित भएको पुष्टि गर्दै “थप जानकारी पछि दिने” बताएको छ।  खेल रोकिएको एक घण्टापछि ब्रजिली खेलाडीहरू मैदानमै अभ्यास गरिरहेको समयमा दक्षिण अमेरिकी फुटबल सङ्घले वक्तव्य जारी गर्दै भनेको छ: “म्याच रेफ्रीको निर्णयले  ब्रजिल र आर्जेन्टिनाबीच फिफाले आयोजना गरेको विश्वकप छनोट खेल निलम्बित भएको छ।” “रेफ्री र म्याच कमिशनरले फिफा अनुशासन समितिलाई आफ्नो प्रतिवेदन पेस गरेपछि थप कदमबारे निर्णय हुनेछ। यो प्रक्रिया अहिलेको नियमानुसार छ।”

    ब्रजिली स्वास्थ्य नियमानुसार इङ्ग्ल्यान्डबाट ब्रजिल आउने व्यक्तिले १४ दिन क्वारन्टीनमा बस्नुपर्छ।”हामीले सुरुदेखि भनेको कुरा पालना नगरिएकोले यो अवस्था आएको हो,” ब्रजिलका स्वास्थ्य निमायक संस्थाका निर्देशक एन्टोनियो बारा टोरेजले ब्रजिली टीभीलाई भने।”[ती चार खेलाडीलाई] फर्किनका लागि कुर्दै एकान्तवास बस्न भनिएको थियो तर उनीहरूले मानेनन्। उनीहरू रङ्गशाला गए अनि मैदानमा छिरे, यो नियमको गम्भीर उलङ्घन हो।” आर्जेन्टिनाका प्रशिक्षक लिओनेल स्कालोनीले खेलअगाडि समस्याको समाधान नहुनु दुःखद रहेको बताए।”यसले मलाई दुःखी बनाएको छ,” उनले भने। “म दोषी खोजिरहेको छैन। केही कुरा भएको वा नभएको थियो भने त्यसलाई रोक्ने सही समय त्यो थिए।”

    स्कालोनीले भने, “यो सबैका लागि विश्वका उत्कृष्ट खेलाडीहरूबीचको रमाइलो खेल हुनुपर्थ्यो।” “कुनै पनि बेला हामीलाई उनीहरूले खेल्न नसक्ने बताइएको थिएन। हामी खेल्न चाहन्थ्यौँ र ब्रजिली खेलाडी पनि।” आर्जेन्टिनी फुटबल सङ्घले टोली सेप्टेम्बर ३ देखि ब्रजिलमा भएको र स्वास्थ्यसम्बन्धी सबै नियम पालना गरेको दाबी गरेको छ। ब्रजिली फुटबल सङ्घका अध्यक्ष एड्नाल्डो रोड्रिगेजले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन्। “नियामक संस्थाप्रति सम्मान छ तर यो कुरा अगाडि नै सुल्झाउन सकिन्थ्यो र खेल सुरु हुनुसम्म कुर्नुपर्दैन थियो।”

  • २१ भाद्र २०७८, सोमबार १४:५२ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु