नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गः मानपुरमा पोखरी हो कि, सडक ? दैनिक दुर्घटना – Dastabej

नेपालगन्ज–गुलरिया हुलाकी राजमार्गः मानपुरमा पोखरी हो कि, सडक ? दैनिक दुर्घटना


  • शम्भुप्रसाद थारु

  • नेपालगन्ज । नेपालगन्ज गुलरिया सडक खण्ड अन्र्तगत हुलाकी राजमार्गको मानपुर सडकमा पानी जमेर हिलम्मे हुदां सवारी दुर्घटना बढेको छ । जानकी गाउँपालिकामा समस्या बारे पटकपटक जानकारी गराउँदा पनि सुनवाई नभएको स्थानीय नसिब खानले बताए । ‘धेरै पटक भनेपछि बल्ल दुई ट्रक ग्राभेल झारिएको छ । बर्षका कारण अहिले करिब ३० मिटर दुरीको सडकमा पानी जमेको छ,’ उनले भने । पानी जमेको र सडकमा खाण्डोका कारण सवारी साधन पानीमा हिड्नु पर्ने अवस्था छ । जानकी गाउँपालिकाका कार्यबाहक अध्यक्ष भुमिसरा धितालले तत्काल आउजाउमा सहज बनाउनका लागि ग्रभेल हालेको र सडक बिभागसंग दुबै साइडमा पानी निकासका लागि सानो नाली बनाउने सहमति भएको जनाईन ।

    पानी निकासका लागि नाली नहुँदां सडकमा पानी जमेको छ । कार्यबाहक अध्यक्ष धितालका अनुसार तत्कालका लागि ग्रभेल मात्रै हाल्ने, तर नाली निकास नगर्ने स्थानीयको दबाव रहेको छ । नेपालगन्ज गुलारिया सडक खण्ड अन्र्तगतको पर्ने उक्त सडक एकदमै व्यस्त सडक अन्र्तगत पर्छ । उक्त सडक भएर दैनिक सयौँ सावारी साधन ओहोरदोहोर गर्ने गर्दछन् । बिग देखि नै उक्त ठाउँमा दुर्घटना हुदै आएको छ । सडक फराकिलो बनाउनका लागि बषौ पुरानो घर भत्काईए पनि सडक फराकिलो नहुदां समास्या समाधन हुन सकेको छैन ।

  • २१ भाद्र २०७८, सोमबार १५:०७ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु