नेतृत्व ताक्नेसंग योजना र कार्यक्रम हुनुपर्छः गौरीराज जोशी - Dastabej

नेतृत्व ताक्नेसंग योजना र कार्यक्रम हुनुपर्छः गौरीराज जोशी


  • दस्तावेज

  • काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीका सचिव तथा दसौं महाधिवेशनमा महासचिव पदका प्रत्यासी गौरीराज जोशीले व्यक्तिगत एजेन्डा ल्याएर प्रोपागान्डा गर्ने प्रवृत्तिले कसैको भलो नगर्ने बताएका छन् ।नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै जोसीले आफ्ना व्यक्तिगत कार्ययोजना नभई संघको मर्मअनुसार कार्यक्रम र योजना ल्याएर महाधिवेशन सफल बनाउनु पर्नेमा जोड दिए ।उनले भने, ‘मेरो व्यक्तिगत कार्ययोजना महत्वपूर्ण होइन। गैरआवासीय संघलाई यसको मर्म अनुसार कार्यक्रम ल्याएर योजना सफल बनाउनु पर्छ।‘ नेतृत्वमा आउन चाहनेले नेपाल र नेपालीलाई सधैं केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ ।

    नेपालमा १० अर्ब लगानी भित्र्याउने परियोजना सफल पार्न आफू लागिपरेको जोशीले बताए । जोशी गैरआवासीय नेपाली संघसँग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सन् २००५ देखि नै जोडिएका छन् । आफू पद ओगट्न मात्र नभई काम गरेर देखाउन उम्मेद्वार बनेको जनाउँदै जोशीले भने, ‘सबै अध्यक्षका प्रत्यासीलाई म काम गर्ने उम्मेद्वार हो भन्ने थाहा छ त्यसैले सबैजनाले ममाथि सद्भाव राख्नुहुन्छ ।‘ नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६७ औं भागमा एनआरएनएको भावी नीति र नेतृत्वबारे छलफल हुने गरेको छ ।

  • २१ भाद्र २०७८, सोमबार १५:२१ प्रकाशित

  • Nabintech
  • १. बर्दियाको जब्दीघाटमा नदी तर्दा शुल्क
  • २. बढैयाताल ५ मा घरपिच्छे माछापालन
  • ३. ब्राउनसुगरसहित बाँके र बर्दियाका तीन युवा पक्राउ
  • ४. नारी दिवसको अवसरमा जानकीमा महिला सम्मेलन
  • ५. फागुन २२ र २३ गते सार्वजनिक बिदा ?
  • ६. भेरी–बबई आयोजनाको ६० प्रतिशत काम सम्पन्न
  • ७. पालिका स्तरीय अध्यक्ष कप फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा