नेपालगन्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अभिलेख अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २० जनाको मृत्यु भएको छ । १ हजार ७४३ जना निको भएका छन् भने थप १,८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको ७ लाख ७० हजार ७७९ पुगेको छ । नेपालमा मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।