ओलीको प्रश्न- तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ? – Dastabej

ओलीको प्रश्न- तुइनबाट नेपाली खसालिएको बारे भारतलाई थाहा दिन सक्नुहुन्न ?


  • दस्तावेज

  • काठमाडौँ — एमाले अध्यक्ष केपी शर्मा ओलीले दार्चुलास्थित महाकाली नदीमा भारतीय एसएसबीले तुइन चुँडाएर जयसिंह धामी बेपत्ता भएको घटनाबारे नेपाल सरकारले भारतलाई किन थाहा नदिएको भनेर प्रश्न गरेका छन् । युवा संघको काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले सोधे, ‘तुइनबाट मान्छे खस्छ, बेपत्ता हुन्छ । त्यसबारे तपाईं बोल्नुहुन्न । नेपाली झारिन्छ भनेर प्रतिवेदन आउँछ । तर पनि बोल्न सक्नुहुन्न । भारत भन्छ, थाहा छैन । भारतलाई नेपाल सरकारले किन थाहा दिन सक्नुहुन्न ?’धामी महाकालीमा बेपत्ता भएको सम्बन्धमा भारत सरकारसँग प्रश्न किन नउठाएको भनेर ओलीले सोधेका छन् ।

    ‘नागरिक मारिँदा पनि चुइक्क बोल्न सक्दैन ? सडकमा लाठी लगाउन सक्छ त युवाहरू बोल्ने बित्तिकै ! यस्तालाई भन्छन् घरका बाघ वनका स्याल,’ ओलीले भने । पाँच दलको सरकार हुँदा पनि नेपाली नागरिकलाई महाकालीमा खसालेको विषयमा चुइँक्क बोल्न नसकेको भन्दै ओलीले आलोचना गरेका छन् । नागरिकलाई उक्त घटनाको विरोध नगर्न विज्ञप्ति जारी गरेकोप्रति पनि ओलीले आलोचना गरेका छन् । उनले तानाशाहीलेझैं शान्तिपूर्व विरोध गर्नमा रोक लगाउने काम सरकारबाट भएको भन्दै त्यसको विरोध गरेका छन् । ईकान्तिपुर ।

  • २१ भाद्र २०७८, सोमबार १७:३६ प्रकाशित

  • Nabintech
  • १. राप्ति नदिमा मलामी गएका दुई जना डुबेर बेपत्ता
  • २. नेपालगन्जको सभ्य पाइला सुधारकेन्द्रमा एक जनाको मृत्यु
  • ३. सुधार केन्द्रमा मृत्यु भएका हिकम्त थापाको शरीरभरी निलडाम
  • ४. रोल्पा कारागारमा मृत्यु भएका नेपालगन्जका हरिजनका नाममा छुटेका शाह भारतीय जेलमा
  • ५. राप्ती नदिमा दुई जनाको शव फेला
  • ६. प्रधानमन्त्री पत्नी डा. आरजु राणा बर्दिया १ बाट निर्वाचनमा लड्ने तयारी
  • ७. प्लान इन्टरनेशनल नेपाल कर्मचारीहरुलाई मुद्दा लगाउन मै व्यस्त