अन्तर्राष्ट्रिय क्रिकेट खेलमा आसिफ, कुशल र विक्रमको डेब्यु , पहिलो बलमै विक्रमले लिए विकेट – Dastabej

अन्तर्राष्ट्रिय क्रिकेट खेलमा आसिफ, कुशल र विक्रमको डेब्यु , पहिलो बलमै विक्रमले लिए विकेट


  • दस्तावेज

  • काठमाडौं । ओमानमा सुरु भएको नेपाल र पपुवा न्यु गिनीबीचको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा आसिफ शेख, कुशल भुर्तेल र विक्रम सोवको डेब्यु पाएका छन् । आसिफले डेब्युमै विकेट किपङ सम्हालेका छन् । विनोद भण्डारी र करण केसीलाई खेलाएको छैन । ओमानको अल अमेरत मैदानमा सुरु भएको आईसीसी क्रिकेट विश्वकप लिग(२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि ओमानमा रहेको नेपालले सिरिजअघि पपुवा न्यु गिनीसँग पहिलो ओडीआई खेल खेलेको हो । पीएनजीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले अहिले फिल्डिङ गरिरहेको छ । ओमान र अमेरिकासँग विश्वकप लिग २ सिरिज खेल्ने ओमान पुगेको नेपालले त्यसअघि तयारी स्वरुप पीएनजीसँग दुई ओडीआई खेल्न लागेको हो । नेपाली क्रिकेटर विक्रमले डेब्यू खेलको पहिलो बलमै विकेट लिएका छन् ।

    नेपालको टोली

    ज्ञानेन्द्र मल्ल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख(विकेटकिपर), आरिफ शेख, शरद भेषावकर, रोहितकुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, पवन सरार्फ, विक्रम सोब र सन्दीप लामिछाने ।

  • २२ भाद्र २०७८, मंगलवार १२:२३ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. बाँकेमा मजदुरदेखि बिज्ञसम्मको पारिश्रमिक निर्धारण, गोबर माटो र भुसदेखि सुनसम्मको मुल्य तोकियो
  • ३. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ४. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ५. ”मृत शिशु साटिएको” भन्दै भेरी अस्पतालमा रातभरी विवाद, आज छलफल हुँदै
  • ६. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ७. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ