नक्कली शैक्षिक प्रमाणपत्र सहित ६ जना पक्राउ – Dastabej

नक्कली शैक्षिक प्रमाणपत्र सहित ६ जना पक्राउ


  • दस्तावेज

  •  

    काठमाडौं ।यूएस डाइभर्सिटी भिसा (ईडिभी) २०२० को भिसा प्रकृयाका लागि नक्कली शैक्षिक प्रमणपत्र पेश गरेको अभियोगमा  काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित अमेरिकन राजदूतावास र काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने पाल्पा तानसेन नगरपालिका-३ घर भएका ३५ वर्षीय सुमित रत्न गुभाजु, ललितपुर महानगरपालिका-१४ सातदोबाटो बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका-६ घर भएका ३५ वर्षीय अमर बहादुर कटुवाल, कास्की पोखरा महानगरपालिका-५ मालेपाटन बस्ने नवलपरासी गैंडाकोट नगरपालिका-३ बल्डिया घर भएका ३० वर्षीय नरेश केसी, काठमाडौं महानगरपालिका-२९ रानीबारी बस्ने नवलपरासी देवचुली-१७ घर भएका ३३ वर्षीय लक्ष्मण पाठक, काभ्रे बनेपा नगरपालिका-१० जनगाल घर भएका ३३ वर्षीय दिप विष्ट र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने २३ वर्षीय सोहिली शाही रहेका छन् ।

    नेपालस्थित अमेरिकन दुतावासमा इडिभी २०२० को नतिजामा नाम निकालेका तर भिसा प्रकृयाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिहरुले भिसा प्रयोजनको लागि १०+२ को नक्कली ट्रान्सक्रिप्ट बानाई पेश गरेको भन्ने सूचनाको आधारमा अमेरिकन दुतावाससँगको समन्वयमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरुलाई बिभिन्न शैक्षिक प्रमाणपत्र नक्कली ट्रान्सक्रिप्ट सहित पक्राउ गरेको हो । साथै शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै पक्राउ परेका व्यक्ति उपर मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकु काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

  • २२ भाद्र २०७८, मंगलवार १२:२९ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु