डाँका उद्योगमा संलग्न ४ जना पक्राउ – Dastabej

डाँका उद्योगमा संलग्न ४ जना पक्राउ


  • दस्तावेज

  • झापा । डाँका उद्योगमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका(१४ बस्नेहरु २७ वर्षीय कृष्ण बिर्जा, १९ वर्षीय शैलेश राजबंशी, २० वर्षीय बिष्णु भण्डारी र १९ वर्षीय कमल बिक रहेका छन् ।भद्रपुर नगरपालिका(९ प्रणामी टोल बस्ने कृष्ण मन्दिरको सञ्चालक समितिका सदस्य अशोक तिम्सिना भदौ १४ गते कृष्ण जनमाष्टमी पर्वको दिन कृष्ण मन्दिरमा पूजापाठ गर्न गएको अवस्थामा उनको घरमा राति दुई जना पुरुषले झ्याल फोडेर प्रवेश गरी डाँका गर्न लाग्दा उनकी श्रीमतीले थाहा पाई प्रहरीलाई फोन गरे जस्तो गरेपछि प्रहरीको वर्दी लगाएका अन्य दुई जनासमेत खुकुरी सहित आई केही छिनमा फरार भएका थिए । तत्काल अशोक र स्थानीयले उनीहरुलाई फेला पारी सोधपुछ गर्दा उनीहरु प्रहरी नभएको थाहा पाएपश्चात प्रहरी कार्यालयमा फोन गरी प्रहरी बोलाउना साथ उनीहरु फरार भएका थिए ।घटनामा संलग्न फरार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट नेपाल प्रहरीको टाटे पाङग्रे कम्ब्याट ड्रेस १ जोर, सादा चुस्ता ड्रेस १ जोर, कालो रङको छालाको बुट १ जोर र खुकुरी समेत प्रहरीले बरामद गरेको छ ।उनीहरु उपर डाका उद्योग मुद्दामा जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी थप अनुनसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    त्यस्तै,बिर्तामोड नगरपालिका ४ डेरा गरी बस्ने कचनकवल गाउँपालिका(३ केचना घर भएका ५० वर्षीय भात्रु राजबंशीको हत्या गरेको अभियोगमा कचनकवल गाउँपालिका(३ बस्ने ३७ वर्षीय रतन राजबंशीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र आइतबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले मृतकको छोरालाई सोधपुछ गर्ने क्रममा आफ्नो काका रतनले मार्तलले कुटपिट गरेर फरार भएको बताएपछि रतनलाई मेचीनगर नगरपालिका(१५ बाट हत्यामा प्रयोग भएको मार्तल सहित पक्राउ गरेको हो ।उनी उपर जिल्ला अदालत झापाबाट कर्तव्य ज्यान शीर्षकमा म्याद थप गरी थप आवश्यक अनुसन्धान कार्य अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय झापाले

  • २२ भाद्र २०७८, मंगलवार १२:५६ प्रकाशित

  • Nabintech
  • १. गैडाकोट दुर्घटनाः बर्दिया बाँसगढीका एक दम्पत्तीका श्रीमतिको मृत्यु, श्रीमान गम्भीर, यस्तो छ घाईतेको नाम र स्वास्थ्य अवस्था
  • २. कर्मचारीकै मिलोमतोमा नेपालगन्ज भन्सारमा राजस्व छलीः ७ हजार पर्ने समानको मुल्य १००, कारवाहीबाट जोगिन अर्थ मन्त्रालयसम्म दौडधुप
  • ३. नेपालगन्जस्थित ज्योति लाइफ इन्सुरेन्सका एरिया सेल्स म्यानेजर माझीले गरे ‘बलात्कार’को प्रयास, मुद्दा चल्यो अभद्र व्यवहार
  • ४. बर्खामा किरननालाको किन भत्काइयो पुल ? गाडी चल्न बन्द, स्थानीयलाई सास्ती
  • ५. सावधान, बाँकेको पुर्बी गाभरमा मंगलबार पनि देखियो बाघ
  • ६. अब नेपालगन्जमा पनि डान्स बार र मसाज पार्लर
  • ७. बाँके निकुन्जको पुर्बी गाभरमा बाघको आक्रमणमा परी एकको मृत्यु