निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण – Dastabej

निजामती सेवा दिवसमा जानकीमा वृक्षरोपण


  • दस्तावेज

  • जानकी । निजामती कर्मचारी सेवा दिवसको उपलक्ष्यमा बाँकेको जानकी गाउँपालिकाले आज वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ ।
    गाउँपालिकाको निर्माणाधिन प्रशासनीक भवनको प्राङगणमा वृक्षरोपण गरिएको हो । गाउँपालिका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले एक समारोहका बीच वृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए । गाउँपालिकाको प्रशासनिक भवनलाई हरियाली बनाउन  निजामती कर्मचारीसेवा दिवसको अवसर पारेर वृक्षारोपण गरिएको बताउँदै कार्यवाहक अध्यक्ष धितालले विरुवाको संरक्षणमा ध्यान दिन समेत आग्रह गरिन ।
    दिवसको अवसर पारेर गाउँपालिका प्रशासनीक भवनको प्राङगण र इन्द्रपुर स्वास्थ्य चौकीको प्राङगणमा गुलमोहर, श्रीस, मसला लगायतका जातको करिव सय थान विरुवा रोपिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए।  वृक्षरोपण कार्यक्रममा गाउँपालिका जनप्रतिनिधि र  कर्मचारीहरुको सहभागिता रहेको थियो ।   निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो ।  ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका साथ मङ्गलबार देशभरिका निजामती कर्मचारीले विभिन्न कार्यक्रमको आयोजना गरी निजामती सेवा दिवस मनाएका छन् ।

  • २२ भाद्र २०७८, मंगलवार १५:४२ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश