मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर – Dastabej

मेक्सिकोको सर्वोच्च अदालतको ऐतिहासिक फैसला: गर्भपतन अपराध नभएको ठहर


  • दस्तावेज


  • नेपालगन्ज । गर्भपतन गराएकाहरूलाई अपराध गरेजस्तै गरी दण्ड दिनु असंवैधानिक भएको मेक्सिकोको सर्वोच्च अदालतले फैसला गरेको छ। उत्तरी राज्य खोवीलासँग सम्बन्धित उक्त फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्छ। सर्वोच्च अदालतका न्यायाधीश लुइ मारीया याग्वीलाले उक्त कदमलाई “महिला अधिकारको लागि ऐतिहासिक कदम” का रूपमा व्याख्या गरे। सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो।गर्भपतन गराएका कारण जेल पठाइएका महिलाहरूलाई तत्काल रिहा गरिने हुँदा फैसलाले मेक्सिकोमा नयाँ नजिर कायम गर्न सक्ने बताइएको छ।

    बलात्कारका घटना वा आमाको जीवन खतरामा रहेको अवस्था बाहेक हाल त्यहाँ केही राज्यहरूमा मात्रै गर्भपतनलाई कानुनी मान्यता दिइएको छ।गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ”ऐतिहासिक”को संज्ञा दिएको छ। बीबीसी ।

  • २३ भाद्र २०७८, बुधबार ०८:११ प्रकाशित

  • Nabintech
  • १. कोहलपुर प्रहरी हिरासतमा रहेकी महिलामाथि ‘असईले गरे बलात्कार’
  • २. बाँकेबाट यातायात मन्त्री भएका राई चढ्ने गाडी ट्राफिक कारबाहीमा
  • ३. कहाँ पुग्यो रुपैडिहा—नेपालगन्ज—कोहलपुरसम्मको रेल ?
  • ४. ढुक्कले मदिरा पीउन भारतीय नागरिक वारी
  • ५. बलात्कारका आरोपित खाँ बाँसगढी प्रहरी हिरासतबाटै फरार
  • ६. मीस युनिभर्स नेपालको क्वाटर फाईनलमा बर्दियाकी मोनिका
  • ७. राजापुर नगरपालिकाका निबर्तमान मेयर एमालेमा प्रबेश